विवादपछि पठनपाठन ठप्प

228
  •  
  •  
  •  

राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका–१ खुरहुरियास्थित जनता माध्यमिक विद्यालयको पठनपाठन ठप्प भएको छ ।


विद्यालयका प्रधानाध्यापक सूर्यनारायण यादवमाथि विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष दिलिप कुमार यादव लगायतले दुव्र्यवहार गरेको भन्दै पठनपाठन अवरुद्ध गरिएको हो ।
दुव्र्यवहारको भत्र्सना गर्दै शिक्षकहरुले न्याय नपाएसम्मकालागि विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् ।

विद्यालय बन्द हुँदा विद्यार्थीहरु निराश भएर फर्किने गरेका छन् ।  गत मंगलबार विद्यालयमा आयोजना गरिएको बैठकमा विवाद भएपछि प्रधानाध्यापक यादवमाथि दुव्र्यवहार गरेको आरोप लागेको छ ।

बैठकमा विद्यालय व्यवस्थापन समितिका दुई जना सदस्यसहितका व्यक्तिले गालीगलौज तथा अभद्र व्यवहार गरेपछि न्याय हुनुपर्ने माग गर्दै शिक्षकहरुले विद्यालय बन्द राख्दैआएका छन् ।

पूर्वअध्यक्ष यादवले भने आफनो कार्यकालमा भएको भवन निर्माणको विषयलाई लिएर प्रअले अनर्गल प्रचार गर्न थालेपछि विवाद भएको बताएका छन् ।


  •  
  •  
  •