जंगली च्याउ खाँदा दुई बालिकाको मृत्यु

508
  •  
  •  
  •  

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा विषालु जंगली च्याउ खाँदा दुई बालिकाको ज्यान गएको छ ।

९ वर्षीया निर्मलासिंह ठकुरी र ४ वर्षीया विष्णुसिंह ठकुरीको ज्यान गएको हो ।  उनीहरु दिदीबहिनी हुन् । पाल्पाका प्रहरी प्रमुख विश्वमणि पोखरेलले विषाालु जंगली च्याउ तरकारीका रुपमा खाँदा दुईको मृत्यु र आठ बिरामी परेको बताए ।

चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा बालिकाको मृत्यु भएको हो ।  बिरामी हुनेमा ४५ वर्षीय पुरन खाम्चा, उनकी श्रीमती ४० वर्षीया चन्द्री खाम्चा, १५ वर्षीया छोरी निर्मला खाम्चा, ८१ वर्षीय प्रेमबहादुरसिंह ठकुरी, ३० वर्षीया दानकुमारी सिंह, ७ वर्षीय सुमन सिंह, धनकुमारी सिंह र निरुता सिंह ठकुरी छन् ।

उनीहरु चार परिवारका सदस्य हुन् । बिरामीको नवलपुरस्थित मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार बेलुकी च्याउ खाएपछि शनिबार बिरामी परेका हुन् ।
वान्ता हुने, बेहोस हुने, अत्तालिने गरेपछि उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको थियो ।


  •  
  •  
  •