ऊर्जामन्त्रीद्वारा नेपालकाे जलविद्युतमा लगानी गर्न युएईलाई आग्रह

526
  •  
  •  
  •  

janardan sharma at UAEकाठमाडौं, ३ माघ (ओएनएस) :  ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र संयुक्त अरब इमिरेट्सका ऊर्जामन्त्री सुहेल महम्मद अल मजौरीबीच भेटवार्ता भएको छ ।

अबुधावीस्थित ऊर्जा मन्त्रालयमा भएको भेटवार्तामा नेपालमा जल उर्जा उत्पादनको क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको त्यहाँस्थित नेपाली राजदुतावासका सहचारी केशवराज पोख्रेलले जानकारी दिए ।

वल्र्ड फ्युचर इनर्जी समिट २०१७ मा भाग लिन युएई पुगेका उर्जामन्त्री शर्माले कम्तीमा आगामी १ सय वर्षसम्मको लागि नेपालमा जलविद्युत विकासको राम्रो सम्भावना रहेको उल्लेख गर्दै त्यसमा लगानी गर्न युएई सरकारलाई आग्रह गरे ।

युएईका ऊर्जामन्त्री मजौरीले नेपालमा जलविद्युतमा लगानी गर्न आफूहरु पनि इच्छुक रहेको भन्दै त्यसको लागि दुवै पक्षबीच औपचारिक प्रक्रिया सुरु गर्न सकिने बताए ।

करिब ४५ मिनेट भएको भेटवार्ताको क्रममा युएईका ऊर्जामन्त्री मजौरीले हाइड्रो पावरका अतिरिक्त नेपालमा कृषि र पर्यटनमा लगानी गर्न आफूहरु इच्छुक रहेको जानकारी दिए ।

उनले दीगो ऊर्जा विकासका लागि जलविद्युतसँगै सोलारलाई एकीकृत गरेर अघि बढाउन नेपाललाई सुझाव दिए ।


  •  
  •  
  •