सिके राउतसँग जनमत संग्रहको सहमति भएको होइन : गृहमन्त्री थापा

445
  •  
  •  
  •  

काठमाडौं, २६ फागुन(ओएनएस) : गृहमन्त्री रामबहादुर थापाले सरकारले स्वतन्त्र मधेशी गठबन्धनसँग सहमति गरेर कुनै आत्मसमर्पण नगरेको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै थापाले गठबन्धनले पृथकतावादी मागलाई परित्याग गरिसकेको र नेपालको अखण्डता रक्षालाई आफ्नो लक्ष्य बनाउने कुरा सहमतिमा स्पष्ट उल्लेख गरिएको बताए ।
यहि फागुन २४ गते सरकार र गठबन्धनबीच ११ बुँदे सहमति भएको थियो ।
सोही सहमतिका बारेमा संसदमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले भने,‘गठबन्धन यो निर्णयमा पुग्नु र सरकारले समस्यालाई राजनीतिक रुपमा हल गर्नु के राष्ट्रघाति कदम हो ?’
उनले यो सहमतिले देशको स्वाधिता, सार्वभौमसत्ता, स्वतन्त्रता र अखण्डतालई सुदृढ गरेकोमा सरकार विश्वस्त रहेको बताए ।

‘राष्ट्रलाई अलग गर्ने गरी जनमत संग्रह गराउने भनेर सहमतिमा राखिएको भन्दै अर्थ लगाउन खोजिएको छ, त्यो नितान्त भ्रामक हो,’ उनले भने ।
उनले देशमा शान्तिसुरक्षाका लागि अर्को शक्ति अगाडि खडा भएको समेत बताए ।


  •  
  •  
  •