लामो निद्रापछि जाग्दैछ जनकपुर

361
  •  
  •  
  •  

सन्तोष कुशवाहा

जनकपुरधाम, १ असार (ओएनएस) : जनकपुरको परिचय जानकी मन्दिरसँग मात्र जोडिएको छैन, जोडिएको छ यहाँको अव्यवस्थित बसोबाससँग पनि । परिचय यहाँको धार्मिक, ऐतिहासिक र पुरातत्वसँग मात्र होइन जोडिएको छ त्यहाँको दुर्गन्ध, प्रदुषण, भद्रगोलसँग पनि । जानकी मन्दिर अवलोकन गरेर रमाउने मानिसहरु मात्र होइन, त्यहाँको फोहोरमैलाले दिक्क बन्नेहरु पनि छन् । यसअर्थ जनकपुरकको परिचय मिश्रित छ ।

वार्षिक करिब सात लाख पर्यटक भित्रिने जनकपुर मोक्ष प्राप्त गर्ने एउटा ऐतिहासिक स्थल त हो नै, दैनिक १८ टन फोहर नगर क्षेत्रभित्र छरिएको अवस्थामा रहने ‘डम्पिङ साइट’ जस्तो पनि हो ।

तर पछिल्लो समय जनकपुर सरसफाइमा तुलनात्मक रुपमा बढि ध्यान केन्द्रित भएको पाइन्छ । स्थानीयवासीले स्थानीयस्तरमा पहल गरिरहेका छन् भने वुद्धिजिवीहरुले कमल चलाएर भए पनि सघाउ पुर्याएका छन् । राजनीतिक दलका नेताको पनि पहिलेभन्दा अल्लि आँखा खुलेको हो कि झैँ आभाष हुन्छ ।

 

03

यस्तो भइरहेछ जनकपुरमा अहिले

अहिले जनकपुरस्थित गंगासागर पोखरीमा दैनिक संध्याकालिन आरती हुन्छ । पोखरीको डिल अतिक्रमण गरी बनाइएका भौतिक संरचनाहरु भत्काउन थालिएको छ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, गुठी संस्थान, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले पोखरीको डिल अतिक्रमण गरी बनाइएको संरचना भत्काउन थालेको हो ।

दशरथ तलाउ (महाराज सर) र गिरनरी पोखरीको डिलमा बनाइएको घर टहरा भत्काएका छन् । गंगादशरहा पर्वको अवसरमा जनकपुरमा पहिलो पटक आयोजित महागंगा आरतीले जनकपुरको धार्मिक पहिचानलाई अझ उचाई दिएको छ । पोखरी संरक्षणका लागि दैनिक संध्याकालिन आरती आयोजना हुन थालेको गंगासागर अभियानका नेतृत्वकर्ता रामअषिश यादवले बताए ।

विश्व प्रसिद्ध धार्मिक नगरी भारतको बनारसमा गंगा नदीको तटमा गरिने आरतीको शैलीमा जनकपुरको गंगासागर तलाउमा आरती गर्न लागिएको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष तथा एमाओवादी नेता रामकुमार शर्माले बताए ।

 यस्तो ऐतिहासिक स्थलको विजोक देख्न सक्दिनथेँ, सकिन, अहिले त नेतृत्व नै लिएर काम अगाडि बढाएको छु ।

रामकुमार शर्मा 06 Telhamadha pond

 

04

‘तेलहामडहा’ अर्को संरचना

 

जनकपुरमा अतिक्रमणको चपेटामा परेको तलाउहरुको सरसफाइ र जिर्णोद्धार भइरहदा जानकी मन्दिर नजिकैको प्रसिद्ध तेलहामडहा सर (तलाउ)लाई जिर्णोद्धार गर्नुको साटो पुरेर अर्को संरचना निर्माण गर्ने तयारी हुँदैछ । जानकी मन्दिरको छेउमै अवस्थित पौराणिक महत्वको उक्त तलाउलाई जिर्णोद्धार गरी मन्दिरको सौन्दर्य परावर्तन गर्न सकिन्छ । तर, त्यस्तो सम्भावनाको कुनै अध्ययनै नगरी बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले त्यहाँ सौचालय र पार्किङ स्थल निर्माण गर्ने योजना बनाएको छ ।

 

बृहतरले प्राविधिक टोली सहित स्थलगत निरिक्षण गरी पोखरी पुरेर संरचना निर्माणको लागि अध्ययन गरेर योजना बनाएका छन् । तर परिषद्का अध्यक्ष रामकुमार शर्माकाअनुसार हाल पोखरीको अतिक्रमण हटाउने अभियान मात्रै अगाडी बढाइने छ । तयारी गरीए पनि सर्वपक्षिय निर्णयबाट मात्र कार्यान्वयन गर्ने उनले बताए ।

 

प्राचिन मिथिलाकी राजकुमारी सीताको विवाहमा भारत अयोध्याबाट जन्ती आएका साधु, महात्माहरु नुहाएर शरिरमा तेल दलेको मान्यता अनुसार उक्त तलाउलाई ‘तेलहामडहा’ नामाकरण गरिएको बताइन्छ ।

00

 


  •  
  •  
  •