सशस्त्रलाई पराजित गर्दै जनकपुरले जित्यो प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि

179
  •  
  •  
  •  

पोखरा , २ असार (ओएनएस) : प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधि क्षेत्र नम्बर ७ जनकपुरले जितेको छ । पोखरा रंगशालामा भएको खेलमा सशस्त्र प्रहरी बललाई ५ रनले पराजित गर्दै जनकपुरले रोमाञ्चक जीत दर्ता गराएको हो ।

टस होरर पहिले ब्याटिङ गरेको जनकपुरले १७ ओभर ३ बलमा ४५ रन बनाउँदा सबै विकेट गुमायो । जनकपुरको लागि सरस्वती चौधरीले सबैभन्दा बढि १२ रन जोड्दा अन्य ब्याट्सवुमेन दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए । बलिङतर्फ करुणा भन्डारीले ३ र रुविना क्षेत्रीले २ विकेट लिए ।

४६ रनको झिनो लक्ष्य पछ्याएको सशस्त्र १७ ओभर ५ बलमा ४० रनमा अलआउट भयो । सशस्त्रको लागि करुणाले सबैभन्दा बढि ८ रन जोडिन् । बलिङमा जनकपुरकी सन्तोषी चौधरीले ३ विकेट लिइन् भने सरस्वतीले २ विकेट आफ्नो नाममा लेखाइन् । खेलमा सरस्वती प्लेयर अफ दि म्याच भइन् ।

उपाधिसँगै जनकपुरले ५० हजार रुपैयाँ नगद पुरस्कार जित्दा सशस्त्रले ३० हजारमै चित्त बुझायो । प्रतियोगितामा जनकपुरकी अनुराधा चौधरी प्लेयर अफ दि म्याच चुनिइन । उनले ७ विकेट लिदा ९४ रन जोडिन् । अनुराधाले १० हजार नगद हात पारिन् । १०७ रन बनाएकी जनकपुरकी शोभा आले वेस्ट व्याट्सवुमेन र ९ विकेट लिएकी नेपालगञ्जकी तृष्ण सिंह उत्कृष्ट बलर घोषित भइन् । विराटनगरकी अप्सरी वेगन इमर्जिङ खेलाडी चुनिइन् । उत्कृष्ट घोषित सबैले ५ हजार रुपैयाँ प्राप्त गरे ।


  •  
  •  
  •