जनकपुरमा विकासको झंकार

398
  •  
  •  
  •  

सम्झना गैरे,

काठमाडौं, ३२ असार (ओएनएस) : “धार्मिक हिसावले ऐतिहासिक, नेतृत्वको हिसाबले सयौँ नेता, दर्जनौँ मन्त्री मात्रै होइन देशकै पहिलो राष्ट्रपति पाउन सफल जनकपुर क्षेत्र विकासको हिसाबले जहिले पनि आलोचित छ । तर, यो आरोपबाट जनपुरलाई मुक्त दिलाउने अभियाने मुर्त रूप पाउँदै गएको छ ।”

      ‘तार टूटल भेल की ? झङ्कार बाँकी अछि ।’
(तार चुँडेर के भयो ? झङ्कार बाँकी छ )

धीरेन्द्र प्रेमषिले जनकपुरको प्रसंग उठाउदै ‘मिथिला मन्थन’ मा लेखेको भाव जस्तै मिथिला नगरी जनकपुरमा विकासको झङ्कार बज्न थालेको छ । स्थानिय जनता देखि राजनीतिक दल मात्रै होइन सबै क्षेत्रका प्रतिनिधि देखि स्थानिय प्रशासन सम्मकै एकै स्वर भए पछि जनकपुर जुर्मराउन थालेको छ । जसले गर्दा चार हजार बिघामा फैलिएको जनकपुरक्षेत्रलार्ई विश्वस्तरकै सहर बनाउने अभियानले एउटा बाटो लिएको छ ।

जो है उससे बेहतर चाहिए
यस दुनियाको साफ करने के लिए एक मेहतर चाहिए

IMG_0536‘जे छ त्यसभन्दा राम्रो चाहिएको छ । यो संसारलाई सुकिलो पार्न एउटा कुचिकार चाहिएको छ ।’ हिन्दीका प्रसिद्ध कवि मुक्तिबोधले आफ्नो कवितामा ब्यक्त यो भाव अनुसार जनकपुरको लागि कूचिकार बन्ने प्रयत्नमा छन् बृहत्तर जनकपुर क्षेत्र बिकास समितका अध्यक्ष रामकुमार शर्मा । जसको अगुवाईमा आफ्नो इतिहास, संस्कृतीको जगेर्नामा मिथिलाको स्थान उच्च रहने गरि जनकपुरवासीहरु गोलबन्द हुन थालेका छन् ।

जनकपुरले आफ्ना लागि आफैले सोच्न कहिलेदेखि छोड्यो ? यसको निश्चित तिथि—मिति खोज्नु एकदमै गाह्रो छ । ‘२०३६ सालको जनमत संग्रहपछि जनकपुरले आत्मविश्वास गुमायो । कलाकौशलले धनी मिथिला नगरी आजभोली लरबराएको छ, लाचाल पनि छ अनि पिछडिएको जस्तो लाग्छ । जनकपुरले स्वतन्त्र भएर सोच्ने काम बन्द गर्यो । विकासको गतिमा जनकपुर पछिपछि दगुर्ने काममै तल्लीन छ । आफै अगाडि सरेर बाटो पहिल्याउँदै जाने संस्कृति जनकपुरले गुमाइसकेको छ’ मिथिलाबासीका वीचमा सिकेलालले यसो भनिरहदा सबै मौन थिए ।

त्यस्तै ‘मिथिला मन्थन’ पुस्तकमा धीरेन्द्र प्रेमर्षि लेख्छन्, ‘केही वर्ष अगाडिको जनकपुर संस्कृतीले भरिपूर्ण थियो । मैथलीभाकामा ‘पराती’ धुन बज्थ्यो । तर अहिले त्यो भाका हरायो । सँगसँगै जनकपुरको पहिचान र वास्तविकतानै लुप्त हुने अवस्थामा छ । यसलाई जोगाउन नसके इतिहास डुब्नेछ । र हामीसँग पार लगाउने नैंया हुने छैन् ।’ जनकपुरको माथिको यो चिन्ता सर्बत्र छ । तर कोषका अध्यक्ष शर्माको बुझाईमा जनकपुरबासी बोल्दैछन्, पहिचानका लागि, सभ्यता र संस्कृती जगेर्नाका लागि ।

03

प्राचिन मिथिलामा ‘पराती’ (बिहानीपख गाइने मैथली लोकगीत) गाउने चलन थियो । संसारकै सुन्दर भाका र संगितसँगै जनकपुरबासी जाग्थे । तर समय परिवर्तन भएको छ । जानकी मन्दिरमा बिहानी पख वज्ने शंख र घण्टाको ध्वनीले जनकपुरबासीलाई तान्न सकेको छैन । हिन्दीको प्रचलित उखान ‘देर आए दुुरुस्त आए’ भने झै पहिचानको वैचारिक लडाइमा साथ दिन ‘बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्’ जुटेको छ । जनकपुरमा अब केहि परिवर्तनको आभाष गरिँदैछ । परिषद्को नेतृत्वमा मन्दिर वरपर सफाइका कार्यक्रम लागुगर्ने, अतिक्रमण गरी बनाइएका संरचना भत्काउने लगायत महागंगा आरती गर्ने जस्ता कार्यक्रमले नयाँ पहिचान दिलाएको छ ।

                                     जनकपुरबाट राजधानीमाIMG_20140708_164728 (1)

जनकपुरका सबै पक्षको एकै स्वर बनाएर जनकपुर निर्वाणको अभियान बोकेर काठमाण्डौ आएको छ टोलीले त्यहाँको संदेश सबै सरकार देखि राष्टपति सम्म पुर्याएको छ । सयौँ नेता, दर्जनौ मन्त्री मात्र होइन राष्टपति सम्म पाईसकेको छ । तर जनकपुरले बिकास पाएको छैन । लुम्बिनी र पशुपति जस्ता धार्मिक क्षेत्रहरु राष्ट्रिय गौरवको क्षेत्रको रुपमा चिनिएर त्यहि स्तरका कार्यक्रम र बजेट छुट्निै गरे पनि त्यहि स्तरको महत्वको क्षेत्र भएर पनि जनकपुरलाई राज्यले त्यो स्थानमा राखेन । नेतृत्व गर्ने ब्यक्ति मात्रै होइन राज्यको दृष्टिकोण पनि दोस छ । शर्मा भन्छन् अहिले हामीले सबै तहका निकायमा पुगेर त्यहि कुरा भन्यौँ कि लुम्बिनी र पशुपति जस्तै राष्टिय गौरवको रुपमा जनकपुरमा राख्नै पर्छ ।

‘जनकपुरवासी जागिसकेका छन्’ शर्मा भन्छन् ‘ अव मात्र नेताहरूलाई जगाउने काममा सबै लागेका छन् ।’ यहि क्रममा राष्ट्रपति देखि प्रमुख दलका नेता, मन्त्रीहरु र सचिवहरुलाई भेटेर जनकपुरको सन्देश पुर्याइसकेका छन् । अहिलेको बजेटले जनकपुरको बिकासलाई केही हदसम्म संवोधन गर्न सकेकोमा शर्मा खुसी छन् । तर विनियोजनमा देखा परेको फरकले उनलाई निराश तुल्याएको छ । ‘लुम्बिनीलाई ५० करोड, पशुपतिलाई ३० करोड विनियोजन गर्दा जनकपुरलाई मात्र ३ करोड ८० लाख छुट्याईयो ।’ भन्दै उनले थपे, ‘हामिले गरेको काम अनुसार यो बजेट अत्यन्त कम छ । थप बजेटका लागि आवश्यक पहल अगाडि बढाएका छौ ।’

उनको तर्कं छ, ‘१५ अर्बको विकासका परियोजना हामीसँग छ, सरकारले मेरा लागि होइन जनकपुरबासीका लागि सोच्नुपर्यो ।’ भन्दै जनकपुरको विकासका लागि जागेका शर्माले राष्ट्रपतीबाट स्याब्बासी थाप्न समेत भ्याएकाछन् । उनले विकासका लागि ४ योजना प्रस्तुत गरेका छन् ।

                                               ध्यान अव मोदीमाथि

modiभारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साउन महिनामा पशुपति दर्शनका लागि नेपाल आउने समाचार सार्वजनिक भए लगत्तै मोदीलाई जनकपुर भम्रणमा लानुपर्ने प्रस्ताव सहित भारतिय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोलीलाई भेटेर जनकपुर उत्थानमा साथ दिन आग्रह गरेका शर्माले आश्वासन समेत पाएका छन् । साथमा नेपालको परराष्ट्र मन्त्रालयले मोदीको भ्रमणमा जनकपुरलाई समेत स्थान दिए पछि भारतिय सरकारको समेत साथ पाउनेमा आशा उनलाई छ । ‘नरेन्द्र मोदी आफैमा धार्मीक व्यक्तित्व हुनुहुन्छ । हिन्दु धर्मको पवित्र भूमिको विकासमा उँहाले साथ दिनेमा आशावादी छौ ।’ रामकुमारले भन्छन् ‘स्वामी तुलसीदासले रामचरित्र मानसमा जनकपुरको खुलेर प्रसंसा गर्नुभयो तर हामीले यसको महत्व नबुझेर जनकपुर रोईरहेको छ ।’

                               आधुनिक शहरको सोच

00
‘पोखरीको शहर’ भनेर चिनिने जनकपुरमा शर्माको योजना छ, सबै पोखरीलाई जोडेर जानकी मन्दिरलाई बिचमा पार्ने । साथमा प्राचिन पद्धती ‘नौका बिहार’ को आनन्द समेत उठाउन सकिने छ । जनकपुरलाई ‘आधुनिक’‘आध्यात्मिक’ शहर बनाउने सपना साकार बन्ने लक्षण उनले भेटिसकेकाछन् । अतिक्रमण गरेर बनाएको आफ्नो घर सर्वसाधारण आफै भत्काउदैछन् । विगत दुई बर्ष देखि रोकिदै आएको ‘एडिवी शहरी विकास परियोजना’ धमाधम लागू भइरहेको छ । जनतामा विकासको उमंग देखेका ४३ बर्षिय शर्मा भन्छन्, ‘अब मेरो ज्यान संकटमा परेपनि जनकपुर नबनाई छोड्दिन ।’ बृहत्तर जनकपुर क्षेत्र विकास परिषद सदस्यको पूर्ण साथ र सहयोगमा उनमा उत्साह भरिदिएको छ ।

[box type=”shadow” align=”aligncenter” width=”450px” ]चार योजना

– जनकपुरलाई लुम्बिनी र पशुपति जस्तै राष्ट्रिय गौरवमा समेट्ने

– जनकपुरको सम्पतीलाई ट्रष्टमा लैजाने

– जनकपुर बिकासलाई बजेटमा संबोधन गर्ने, साथमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुर भ्रमणका लागि सिफारिश गर्ने

– राष्ट्रिय र अन्तराष्ट्रिय संघसंस्था सँग जनकपुर बिकासमा सहयोगका लागि आग्रह गर्ने[/box]


  •  
  •  
  •