चुनावको मुखमा जनकपुरलाई महानगरपालिका घोषणा गर्ने तयारी

173
  •  
  •  
  •  

janakpur

बीरगञ्ज, १३ भदौ (ओएनएस) : सरकारले प्रदेश नम्बर २ मा असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनको मिति नजिकिँदै गर्दा जनकपुर उपमहानगरपालिकालाई महानगरपालिका घोषणा गर्ने तयारी गरेको छ ।

निर्वाचनका लागि निर्वाचन कार्यालयहरु समेत स्थापना भइसकेको अवस्थामा जनकपुरलाई महानगरपालिका घोषणा गर्ने तयारी गरिएको हो । उम्मेदवार मनोनयन दर्ताको लागि एक सातामात्रै समय रहँदा जनकपुरलाई महानगर घोषणा गर्न लागिएको सत्तारुढ दलकै नेताले खुलासा गरेका छन् ।

प्रदेश न २ मा अहिले बीरगन्ज मात्रै महानगरपालिका छ । राजनीतिक दलले जनकपुरलाई महानगरपालिका बनाउनुपर्ने माग राख्दै आएका थिए ।


  •  
  •  
  •