विवाह पञ्चमी धुमधामका साथै मनाइदै

514
  •  
  •  
  •  

BK-Janakpur-Janaki-Templeजनकपुर, ११ मंसिर (ओएनएस): बिहिबार विवाह पञ्चमी, जनकपुरसहित देशका विभिन्न राम–जानकी मन्दिरमा धुमधामका साथ मनाईंदैछ । त्रेता युगमा मर्यादा पुरुष राम र सीतको विवाह भएको दिनको सम्झना स्वरुप हरेकबर्ष विवाह पञ्चमी धुमधामका साथ मनाउने गरिन्छ ।

त्यसैले यो पञ्चमीलाई राम–जानकी विवाह महोत्सव पनि भनिन्छ । बिहिबार जनकपुरसहित देशका विभिन्न राम–जानकी मन्दिरमा भब्य मेला लाग्ने गर्छ । बिहिबार पञ्चमीको सबैभन्दा रौनक भने जनकपुरको राम–जानकी मन्दिरमा हुने गर्छ ।

बिहानैदेखि राम–जानकी मन्दिरमा दर्शनार्थीहरुको भीड लागेको छ । जनकपुरको गंगासागर, धनुषासागर लगायतका तलाउहरुमा स्नानगरी पूजा–पाठ गर्नेहरुको उल्लेख्य भीड लागिरहेको छ । विवाह पञ्चमीको अवसर पारेर जनकपुरधामलाई विशेष रुपमा सजाइएको छ ।

 बेलुकी जानकी मन्दिरमा वैदिक परम्परा अनुसार राम र सीताको बैवाहिक कार्यक्रम सम्पन्न गरिन्छ । विवाह पञ्चमी महोत्सवमा सहभागी हुन नेपालका धेरै स्थान लगायत भारतका समेत विभिन्न स्थानबाट भक्तजनहरु जनकपुर पुग्ने गर्छन ।


  •  
  •  
  •