जनकपुरमा मोदी नआउने जानकारी पुगेन

146
  •  
  •  
  •  

ram-janaki-mandirकाठमाडौं, ७ मंसिर (ओएनएस) : भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी जनकपुर र लुम्बिनी नजने पक्का भइसकेको छ । भारतीय पक्षले नै नजाने जानकारी गराइसकेको छ । तर जनकपुरमा मोदीको स्वागतका लागि गरिएका कुनै पनि तयारी रोकिएका छैनन ।

जनकपुरको १२ बिगामा मोदीले भाषण गर्ने मञ्च आइतबार दिउँसो ३ बजेसम्म मञ्चको तयारी रोकिएको छैन । दर्शकका लागि माटो सम्याउने, डोरी तान्ने लगायतका काम धमाधम बनिरहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर आउने कार्यक्रम स्थगित नभएको सूचना पाएपछि फेरि सुरु भएको तयारी तिब्र गतिमा अघि बढीरहेको हो ।

जिल्ला प्रशासन कार्यालयलाई पनि गृहमन्त्रालयबाट जनकपुर भ्रमण स्थगनको जानकारी पुगेको छैन । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगानाले सन्चार माध्यमबाट सुनेको तर आधिकारी जानकारी नआएको बताए ।

‘मोदीको भ्रमण स्थगनको सूचना आएको छ तर जानकारी आएको छैन’ ढुङ्गानाले भने, ‘त्यसकारकाण कुनै काम रोकिएको छैन ।’ १२ बिगाबाट जानकी मन्दिरसम्म ठाउँ–ठाउँमा आकर्षक प्रवेशद्वारहरु निर्माण गर्न थालिएको छ । स्थानीयवासीहरु आ–आफ्ना घर आँगन सफा सुग्घर गर्न थालेका छन् ।

मञ्च व्यवस्था समितिका सदस्य एवं जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर साह हीराका अनुसार मञ्च बनाउने काम रोकिएको छैन । उनले आइतबार साँझ सम्म मञ्च बनाउने गरि काम भइरहेको टेलिफोनमा जानकारी दिए ।


  •  
  •  
  •  

Comments are closed.