जनकपुरमा आठ वटा ग्यास सिलिण्डर विस्फोट

411
  •  
  •  
  •  

जनकपुर । जनकपुर उपमहानगरपालिका–२ कदम चोकमा बिहीबार बिहान आठ वटा ग्यास सिलिण्डर विस्फोट भएको छ ।

 

विस्फोटबाट आगलागी हुँदा तीन होटल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले जानकारी दिए ।

बिहान पौने ३ बजेदेखि शुरु भएको आगो ५ बजे मात्रै नियन्त्रणमा आएको थियो ।  आगलागीबाट ३२ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।

कदम चोकमा रहेको गोविन्द मिष्टान्न भण्डारमा ग्यास सिलिण्डर पड्किँदा छेउको सियाराम मिष्टान्न भण्डार र अर्को एक होटलसमेत जलेर नष्ट भएको प्रहरीको भनाइ छ ।

होटेल भित्र एकैठाउँमा राखिएको आधा दर्जनभन्दा बढी खाना पकाउने ग्यासको सिलिण्डर क्रमशः विस्फोट भएको थियो ।

विष्फोटबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । गोविन्द मिष्टान्न भण्डारमा बिजुली सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।


  •  
  •  
  •