जनकपुर बम काण्ड : पूर्वराज्यमन्त्री शाहसहित ७ जनालाई जन्मकैद

390
  •  
  •  
  •  

काठमाडौं, १४ चैत(ओएनएस) : जिल्ला अदालत धनुषाले तत्कालिन सांसद एवंम् पूर्वराज्यमन्त्री सञ्जय कुमार शाह टकलालाई जन्मकैद फैसला सुनाइएको छ ।

टकलासहित ७ जनालाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो । अदालतका न्याययधीश जयशकुमार कटुवालको एकल इजलासले ७ जनालाई जन्मकैदको फैसला सुनाएको श्रेष्तेदार राधाकान्त चौधरलिे जानकारी दिएका छन् ।

टकलासहित अर्जुन सिंह भनिने मुकेश चोधरी, राजु मुक्ति भनिने रञ्जित झा, जयप्रकाश चौधरी, मुकेश कुमार कर्ण, सुरेन्द्र कर्ण र दिपेन्द्र झालाई जन्मकैदको फैसला सुनाइएको हो ।

२०६९ साल वैशाख १८ गते मिथिला राज्य संघर्ष समितिको आह्वानमा जनकपुरको रामाचन्द चोकमा आन्दोलनको क्रममा बम विष्फोट हुँदा ५ जनाको ज्यान गएको थियो । सोही घटनामा टकला संलग्न रहेको आरोप लागेको थियो ।

उनी २०६४ सालको चुनावमा राजेन्द्र महतो नेतृत्वको तत्कालिन संघीय समाजवादी फोरमबाट निर्वा्चित भएका थिए । यसैगरी २०७० को चुनावमा पनि उनी निर्वा्चित भएका थिए ।

पहिलो संविधानसभाकै क्रममा उनी फोरम लोकतान्त्रिकबाट भौतिक योजना तथा पूर्वाधार राज्यमन्त्री बनेका थिए । उक्त समयमा विजय कुमार गच्छदार भौतिक योजना तथा पूर्वाधार थिए ।


  •  
  •  
  •