जानकी मेडिकल कलेजलाई कारबाही गर्न निर्देशन

102
  •  
  •  
  •  

काठमाडौं, २७ असार (ओएनएस) : विगत १० महिना यता कक्षा सञ्चालन गर्ने जानकी मेडिकल कलेजलाई कारबाहि गर्न संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिले निर्देशन दिएको छ ।

सिमितिले  जनकपुरको जानकी मेडिकल कलेज सञ्चालनमा देखिएको अवरोधबाट सिर्जित समस्याको अविलम्ब समाधान गर्न समेत निर्देशन दिएको छ । समितिले शिक्षा मन्त्रालय, इन्टिच्युट अफ मेडिसिन (आइओएम) र मेडिकल काउन्सिललाई पीडित विद्यार्थीको अध्ययन प्रक्रिया सुचारु गरी १० दिनभित्र यस समितिलाई जानकारी दिन निर्देशन दिएको हो ।

विगत १० महिनादेखि अध्ययन–अध्यापन प्रक्रिया अवरुद्ध भई सो कलेजका ३१७ विद्यार्थीको भविष्य अन्योलग्रस्त बन्न पुगेको छ । विगत १० महिनादेखि सञ्चालन हुन नसकी पठनपाठन प्रक्रिया अवरुद्ध रहेको उक्त कलेजका सञ्चालकलाई अविलम्ब कारबाहीको प्रक्रिया अघि समितले भनेको छ ।

यसैगरी  पीडित विद्यार्थीलाई उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिइएको छ ।  देशका सम्पूर्ण मेडिकल कलेजको सम्बन्धन र सञ्चालन प्रक्रियामा देखिएका समस्याको अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेस गर्न पाँच सदस्यीय कार्यदल गठन गर्ने समितिको बैठकले निर्णय गरेको छ । बैठक समितिका सभापति सुशीलकुमार श्रेष्ठको सभापतित्वमा बसेको थियो ।


  •  
  •  
  •