जनक शिक्षाका २३० कर्मचारी हटाइए

67
  •  
  •  
  •  

काठमाडौं २ कात्तिक ।
जनक शिक्षा सामग्री केन्द्रले संस्था धरासयी भएको भन्दै २ सय ३० अस्थायी र ज्यालादारी कर्मचारीलाई जानकारीबिना शनिबारदेखि अवकास दिएको छ । रातभरी प्रेसमा काम गरेर घर पुग्दा उनीहरुले जागिर गएको थाहा पाएका थिए ।

केन्द्रमा कार्यरत अस्याथी, दैनिक र मासिक ज्यालादारी एवं करार सेवाका कर्मचारीहरुलाई कातिक १ देखि अवकास दिने निर्णय कार्यन्वयन गर्न भन्दै मन्त्रालयले असोज १० मा पत्र पठाएको थियो । तर, केन्द्रले कर्मचारीहरुलाई जानकारी दिएको थिएन । ‘कसैलाई जानकारी नदिई शनिबार ८ बजे मुल गेटमा अवकास दिएको सूचना टास गरेको रहेछ,’ जनक शिक्षा सामाग्री केन्द्र कर्मचारी संघका अध्यक्ष रामबहादुर कुँवरले भने ।

बिदाको दिन जानकारी बिना अवकास दिएको भन्दै कर्मचारीहरु आक्रोसित बनेका छन् । केन्द्रले अस्थायी र ज्यालदारी सुरक्षा गार्डलाई भने हटाएको छैन । ‘गार्डलाई पनि निकाल्दा सुरक्षा व्यवस्थापन गर्न समस्या हुने भयो,’केन्द्र स्रोतले भन्यो,’अर्थले पनि यो निर्णय मान्ला भन्नेछ ।’

केन्द्रका प्रशासन प्रमुख महेन्द्र गौतमले मन्त्रालयको निर्णय कार्यन्वयन मात्रै गरेको बताए । दशैका तलब खुवाउने रकम नभएपछि अर्थ मन्त्रालयमा ऋण माग्दा अस्थायी र ज्यालादारी कर्मचारीलाई निकाल्नु पर्ने पहिलो सर्त राखेको उनले बताए । ‘हामीले स्थायी कर्मचारीलाई हामी चिन्छनै अरुलाई चिन्दैनौ,’ अर्थमन्त्रीको भनाई उद्धित गर्दै गौतमले भने,’आफनो क्षमताले तलब खुनाउन सकिन्छ भने जति भर्ति गरेपनि हुन्छ । उनीहरुको तलबको लागि हामीसंग माग्न नआउनुस ।’ कर्मचारीलाई अवकास दिने सर्तमा २० करोड निकास दिन शिक्षा मन्त्रालयलाई परिपत्र गरेको थियो । त्यसका लागि ५ वटा राखिएकोमा कर्मच्ारी अवकास दिने १ नम्बरमा रहेको शिक्षा मन्त्रालयले जनाएको छ ।

अवकासको अगि्रम जानकारी दिदा काममा बाधा पुग्ने र आन्दोलन हुने भएकोले शनिबार मात्रै सूचना टास गरेको उनले बताए । ‘शनिबार बिहानसम्म प्रेस चलेको थियो । कर्मचारी भित्र हुदा हुदै सूचना गर्दा तनाब हुन सक्ने भएकोले सबै बाहिर गएपछि बाहिर ल्याएको हो,’उनले भने ।

जनकले गतबर्ष पनि सरकारसंग २० करोड ऋण लिएको छ । त्यस्तै जग्गा धितोमा राखेर राष्ट्रिय बाणिज्य बैक नागरिक लगानी कोष, बैक अफ काठमाडौं लगायतबाट पनि ऋण लिएको छ । ‘ब्याज समेत तिर्न सकेका छैनौ,’स्रोतले भन्यो । केन्द्रको ऋण १ अर्ब ३० करोड भन्दा बढी छ ।

अस्थायी र ज्यालादारी कर्मचारीलाई राख्दा मासिक २० लाख घाटा थपिदै गएको शिक्षा मन्त्रालयको ठम्याई छ ।

केन्द्रको कार्य क्षेत्र बिगतको तुलनामा संकुचित हुदै गएको छ । बिक्रिको तुलनामा लागत र प्रशसानिक खर्चमा निरन्तर बृद्धि हुदै गएको तथा सञ्चित नोक्सानी बर्षेनी बृद्धि भइरहेको छ । स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी राख्नु उपयुक्त नहुने महालेखाले हरेक बर्ष औल्याउने गरेको छ । केन्द्रका अनुसार स्वीकृत दरबन्दी बाहेकका करारमा ७९, दैनिक ज्यालादारीमा १ सय ७१ कर्मचारी छन् । ‘दीर्घकालिन दृष्टिकोण, योजना र रणनीति सहितको कार्य बोझका आधारमा कर्मचारी दरबन्दी समेत पुनमुल्याङकन गर्नुपर्छ,’ महालेखाले प्रतिवेदनमा भनिएको छ ।

जनक शिक्षालाई आगमी बर्षको ६ देखि १० कक्षा सम्मको १ करोड ९७ लाख थान पाठयपुस्तक छाप्न अर्थले २० करोड दिएको हो । तर, आधा रकम तलब भत्तामा सकिएको छ । केन्द्रमा ०६९ मंसिरमा प्रबन्ध सञ्चालक अनिल झा प्रतिष्पर्धाबाट छानिएका हुन । तर, सुधारको सट्टा बर्षेनी ऋण बढदै गएको छ ।
कान्तिपुरबाट


  •  
  •  
  •