काठमाडौं २८ मंसिर (ओएनएस) जनजाति नेताहरु आज चीन भ्रमण जाँदैछन् । चीन सरकारको निम्तोमा २५ जनाको टोली आज साताव्यापी ‘सद्भावना भ्रमण’मा जान लागेको हो । त्यसको नेतृत्व आङङवाङ शेर्पाले गर्नेछन् । टोलीमा केही अधिकारकर्मी र सञ्चारकर्मीसमेत सहभागी छन् ।
आदिवासी जनजाति समूहका मगर, थारु, तामाङ, नेवार, गुरुङ, लिम्बु, शेर्पा र अल्पसंख्यक हिमाली आदिवासी सिङ्सा, वालुङ, हुम्ली, मनाङ्गे, ल्होपा जातिका प्रतिनिधि टोलीमा समावेश छन् । नेपालमा संघीय प्रदेशका विषयमा ‘चीन नकारात्मक’ रहेको भन्ने विषयलाई चिर्न जनजाति नेताहरुलाई सद्भाव भ्रमण गराउने चाँजो मिलाएको जनाएको छ ।
‘