जनप्रतिनिधिलाई दोहोरो सुविधा

103
  •  
  •  
  •  

रुपन्देही । प्रदेश ५ को मन्त्रिपरिषदको मंगलबारको बैठकले जनप्रतिनिधिलाई दाहोरो सुविधा लिन पाउनेदेखि सीप विकास तालिम केन्द्रका कर्मचारीलाई अवकाश दिनेसम्मको निणर्य गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षमा बसेको बैठकमा ८ बटा एजेण्डामा छलफल गरी निणर्य भएको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।

प्रदेश सरकारले ऐन नै संशोधन गरेर जनप्रतिनिधिले राज्य कोषबाट दोहोरो सुविधा लिन पाउने व्यवस्था गरेको छ ।
यसअघि स्थानीय तहका जनप्रतिनिधिले दोहोरो सुविधा लिन नपाउने व्यवस्था रहेपनि मंगलबारको मन्त्री परिषदको बैठकले स्थानीय तहका जनप्रतिनिधिले दोहोरो सुविधा लिन ऐन नै संशोधन गरेर बाटो खुल्ला गरेको हो ।

मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारीलाई दोहोरो सुविधा लिन रोक्ने ऐनको दफा नै हटाउने र ऐन संशोधन गर्ने निर्णय गरेपछि सुविधा लिन बाटो खुलेको छ ।

बैठकले सीप विकास तथा व्यवसायिक तालिम केन्द्रमा कार्यरत अस्थायी तथा करार कर्मचारीलाई भदौ १ गतेदेखि अवकास दिने दिने निणर्य गरेको छ ।

प्रदेश ५ अन्र्तगत बुटवल, दाङ र नेपालगञ्जमा केन्द्रका कार्यालय रहेका छन् । केन्द्रका अस्थायी तथा करार सबै कर्मचारीलाई नेपाल सरकारको नियम अनुसार सुविधा दिइ अवकास दिने निणर्य गरेको मन्त्री चौधरीले जानकारी दिए ।


  •  
  •  
  •