एमाले सांसदलाई प्रमुख अतिथि बनाउने निर्णयको विरोध भएपछि नगरपरिषद् स्थगित

191
  •  
  •  
  •  

Ram dayal mandalमहोत्तरी, २१ पुस (ओएनएस) : एमालेका सांसद रामदयाल मण्डललाई प्रमुख अतिथि बनाउने निर्णयको अन्य राजनीतिक दलले विरोध गरेपछि महोत्तरीको जलेश्वर नगरपालिकाको नगरपरिषद् स्थगित गरिएको छ ।

बिहीबार तय गरिएको जलेश्वरको नगरपरिषद्को प्रमुख अतिथिका लागि महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित एमालेका सांसद मण्डललाई बोलाइएको थियो । सोही अनुसार निमन्त्रणा पनि गरिएको थियो ।

jaleshwor-municipalityतर, अन्य राजनीतिक दलसम्मिलित नगरस्तरीय सयन्त्र विरोधमा उत्रिएपछि नगरपरिषद स्थगित गरिएको हो ।

जलेश्वर नगरपालिकाका कार्यकारी अधिकृत भानुभक्त बरालले अर्को निर्णय नहुन्जेलसम्मका लागि नगरपरिषद् स्थगित भएको बताए ।


  •  
  •  
  •