जलेश्वरको मेयरमा राजपाबाट ९ जना आकांक्षी, सर्वसम्मतीका लागि समिति गठन

151
  •  
  •  
  •  

rajapa

गौशाला, १३ भदौ (ओएनएस) : तेस्रो चरणअन्तर्गत प्रदेश नं २ मा असोज २ गते हुने स्थानीय तह निर्वाचनमा महोत्तरीको जलेश्वर नगरपालिकाको प्रमुख पदका लागि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट ९ आकाँक्षी देखिएका छन् ।

पार्टीका केन्द्रीय पर्यवेक्षक गोविन्द चौधरीले जलेश्वरमा सर्वसम्मतिको वातावरण बन्न नसकेपछि प्रमुख पदमा ९ जना सम्भाव्य उम्मेदवारको नाम केन्द्रमा सिफारिस भएको बताए ।

नगर प्रमुखका लागि सुशील शर्मा, सुरेश पाण्डे, सुरेशप्रसाद सिंह, सुरेन्द्रप्रसाद सिंह, दीपुकुमार साह, रामशंकर मिश्र, रोशन महासेठ, रामसिकिल चौधरी र जयरुद्र झा आकांक्षी छन् ।

त्यस्तै उमप्रमुखमा पनि सहमतिको वातावरण बन्न सकेको छैन । उपप्रमुखमा पनि पाँच जनाको नाम सिफारिस भएको छ । उपप्रमुखका लागि गुन्जनकुमारी राय, मुनचुन देवी महतो, अनिताकुमारी साह, प्रान्ती पाठक र कलिमा खातुन दाबी गरेका छन् ।

पार्टीको केन्द्रीय समितिले महोत्तरीमा सर्वसम्मतिको वातावरण बनाउन उच्चस्तरीय समिति गठन गरेको छ । समितिले जलेश्वरका प्रमुख र उपप्रमुखमा सर्वसम्मतिका लागि प्रयास गरिरहेको छ ।

दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीेमा राजपाका लागि जलेश्वर नगरपालिकामा नै उम्मेदवार चयन गर्न मुख्य समस्या भएको छ छ ।


  •  
  •  
  •