जलविद्युत परियोजना १२ वर्षदेखि अलपत्र

58
  •  
  •  
  •  

मुगु । छायाँनाथ रारा नगरपालिका वडा नम्बर १४ स्थित दरखे खोला लघु जलविधुत परियोजना १२ वर्ष देखि अलपत्र अवस्थामा रहेको छ ।

२०६४ सालमा छायाँनाथ रारा नगरपालिका वडा नम्बर १४ मा रहेका तीन गाउँका ३ सय घरधुरीलाई भनेर निमार्ण गरिएको जिल्ला उर्जा शाखाको सहयोगमा निमार्ण भएको १९ किलो वाट दरखे खोला लघु विद्युत परियोजनाको काम सकिनै लाग्दा काम प्रति कसैले चासो नराख्दा परियोजनानै अलपत्र अवस्थामा परेको हो ।

साविकको जिल्ला विकास समितिको कार्यालय अन्तरगत रहेको जिल्ला उर्जा शाखाले स्थानीयले श्रमदान गर्नुपर्ने र स्थानीयले अनुदान जुटाउनुपर्ने भन्दै दरखे खोला लघु जलविधुत परियोजनाका लागि पहिलो पटक २९ लाख २५ हजार रुपैयाँ रकममा सम्झौता गरेको भएपनि स्थानीयले अनुदान रकम जुटाउन नसक्दा २९ लाख २५ हजार रकम नपुगेकाले लघु जलविधुतको हालत यस्तो भएको दरखे खोला लघु जलविधुत परियोजना उपभोता समितिका अध्यक्ष चखं बढुवालले बताए ।

पुन बजेट थपिई साविकको रुगा गाविस अन्य सहयोगी संस्था र उर्जा शाखाको सहयोगमा ९५ लाखबराबरको रकम जुटाई कमा शुरुवात गरेको भएपनी त्यो पनी सफल हुन सकेन ।

विधुतको काम ९५ प्रतिशत काम सम्पन्न भइसको भएपनि प्राविधिक लापरबाहीका कारण दरखे खोला लघु जलविधुत परियोजनाको काम रोकिन गहेको र त्यस परियोजनाप्रति कसैले चासो नदिएकाले दरखे खोला लघु जलविधुत परियोजना अलपत्र परेको स्थानीय बताउँछन् ।

‘मेसिनमा खिया लागेको छ, पावरहाउस जिर्ण बन्दै गहेको छ, गाडिएका तार लतर बितर छन् भने पोल पनि ढलेका छन् । तर उर्जा शाखाले त्यस प्रति चासो देखाएको छैन । न त स्थानीयले चासो दिइएका छन्’ छायाँनाथ रारा नगरपालीका वडा नं १४ का वडा अध्यक्ष नन्द लाल बढुवालले बताए ।

उनका अनुसार वैकल्पिक उर्जा कार्यालय काठमाडौंका प्राविधिक पुनः आई स्टमेट गरेका छन् । सम्भवत् काम सुचारु हुने विश्वासमा छौँ । १२ वर्ष पछि काम सुचारु गर्न आएका हुन् कि आशामात्र दिन आएका हुन्न त्यो भने चिन्ताको विषय भएको छ ।

बत्ति बाल्न नसके २०० किलोवाट बराबरका सोलर वितरण गर्ने आश देखाएर प्राविधिक टोली अनुगमन गरी फिर्ता भएको अध्यक्ष बढुवालको भनाई छ ।

बत्ति बाल्ने धोकोका साथ १२ वर्षसम्म बत्तिको पर्खाइमा बसेका छायाँनाथ रारा नगरपालिका वडा नम्बर १४ स्थित तिन गाउँका स्थानीय हिजो आज निराशामा छन् । उर्जा शाखाले जन्ताको आँखामा छारो हालेको स्थानीय बताउँछन् ।

बत्ति आउला झरोबाट टाडा हाँैला भनेर सोचेको । मर्ने बेला भइसक्यो बत्ति बल्दैन । अब त बत्ति बल्ला भन्ने आशा पनि हरायो छायाँ नाथ रारा नगरपालिका वडा नम्बर १४ का ६५ वर्षका कन्न बिरे बढुवालले दुःखेसो गरे ।

उनी मात्र हैन १४ वडाका ३ सय घरपरिवारमा बत्ति बाल्न आश निराशामा परिणत भएको छ । पोल तार अलपत्र अवस्थामा छन् । मान्छेले तार घरायसी प्रयोजनको लागी बारबार्ने गरेका छन् ।

स्थानीय सरकार गठन पछि पनि बत्तिको काम सुचारु नभएको र अध्यारोमा बस्न बाध्य भएका स्थानीय सिहंदरबारको अधिकार गाउँमा नआएको आभास गर्न थालेका छन् । चुनावको बेला प्रमुख मुद्दा बनाएका जनप्रनिधिले पनि त्यो काम प्रति चासो नदेखाएको स्थानीय बताउँछन् ।

यता छायाँनाथ रारा नगरपालिकाले त्यो बस्तीमा गमगाढ जलविधुतको बत्ति बिस्तार गर्ने आश्वासन दिएको पनि दुई वर्ष बितिसकेको छ । तर काम अहिले सम्म पनि हुन नभएको वडा नं १४ का वडा सदस्य रत्न बढुवालले बताए ।


  •  
  •  
  •