जल नगरमा सरसफाई

150
  •  
  •  
  •  

महोत्तरी,  ६ मंसिर  (ओएनएस) : जल नगरको रुपमा परिचित महोत्तरीको जलेश्वर नगरपालिका कार्यालयले सरसफाई सप्ताह मनाउन शुरु गरेको छ ।

विभिन्न संघसंस्था तथा नागरिक समाजको सहयोगमा घरदैलो तथा सडक एवं नाला सरसफाई कार्यक्रम राखिएको नगरपालिका प्रमुख सुजित कुमार कर्णले बताए ।

सरसफाईमा कमी भएकै कारण यो क्षेत्र छालाजन्य रोग साथै कालाज्वर र औलो प्रभावितको सूचिमा छ । विभिन्न चोक चौराहामा संघसंस्था एवं नागरिक समाजका प्रतिनिधि, विद्यार्थी, बुद्धिजीवि, संचारकर्मीसहितका ब्यक्तिलाई राखेर सरसफाई सम्बन्धी आमसभा समेत गरिनेछ ।

साथै नगरपालिका कार्यालयले मंसिर ८ गते सरसफाईमा सहयोग गर्ने कर्मचारी,संघसंस्थालगायत अन्यलाई सम्मान र पुरस्कृत गर्ने बताएको छ ।


  •  
  •  
  •