जाकाराण्डाको फूलले सजिएको काठमाडौं सहर(फोटोफिचर)

150
  •  
  •  
  •  

 काठमाडौं । काठमाडौं रत्नपार्क, टुँडिखेल, दरबारमार्ग क्षेत्रमा प्रत्येक वर्ष वसन्त ऋतुमा एउटा नीलो फूल फुलेको देखिन्छ । सडक किनाराका झ्याम्म हाँगा फिँजिएका रुखभरि नीलो फूल देख्दा सहर पनि रमाइलो देखिन्छ ।

धेरै लामो समयदेखि फुल्दै आएको यो फूलको नाम जाकाराण्डा हो । लकडाउनका कारण सवारी साधन र पैदलयात्रीको चाप कम भएका बेला सहरका सडक किनारा र पार्क छेउमा जाकाराण्डाले श्रृङ्गार भरेको छ ।

दरबारमार्ग, रत्नपार्क, घण्टाघर, सिंहदरबार, शहीदगेट र टुँडिखेल वरपरका सडक छेउमा जाकाराण्डा फुलेको देखिन्छ ।


  •  
  •  
  •