स्वाइफ्लु प्रभावित जाजरकोटमा चिकित्सकको लर्को

138
  •  
  •  
  •  

काठमाडौं ८ वैशाख (ओएनएस) : दुईहप्ताअघि सम्म कसैको चासो थिएन । सञ्चार माध्यममा महामारीको समाचार आउँदा सरकारले समेत वेवास्था गरेको थियो । तीनहप्ता पुग्दा सरकारी र गैरसरकारी तिकित्सकको टोली प्रभावित क्षेत्रमा खटिन थालेका छन् । मौसमी रुघाखोकी र स्वाइन्फ्लुका बिरामीहरुको उपचारका लागि मंगलबार मात्रै चार ओटा टोली जाजरकोट जाँदैछन् । सरकारी र गैरसरकारी गरि १४ ओटा टोली यसअघि जाजरकोटमा पुगिसकेकन छन् ।

आज सरकारी तीन र नर्भिन अस्पतालको एक गरि चारवटा टोली जाँदैछन् । माहामारी फैलिएको १९ दिनपछि सोमबार एकै दिन ६ चिकित्सकसहित १८ जनाको टोली जाजरकोटस्थित रोग संक्रमित तथ प्रभावित क्षेत्र पुगेको छ। सुर्खेत र जाजरकोट आधार बनाएर एउटा हेलिकप्टर चौबिसै घण्टा चल्नेगरी तयारी अवस्थामा राखिएको छ ।

मौसमी रुघाखोकी र स्वाइनफ्लुका कारण जाजरकोटमा हालसम्म २४ जनाले ज्यान गुमाइसकेका छन् ।  गृह मन्त्रालय, नेपाली सेना र स्वास्थ्य सेवा विभाग,इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा मेडिकल टिम प्रभावित क्षेत्रमा पुगेको हो । निजी अस्पतालले समेत रोग प्रभावित क्षेत्र जाजरकोटमा धमाधम चिकित्सक टोली पठाउन थालेका छन्।

स्टार हस्पिटलले चिकित्सकको टोली रोग प्रभावित क्षेत्रमा पठाइसकेको छ। जनचेतना जगाउन र बिरामीलाई स्वास्थ्य संस्था तथा शिविरमा ल्याउन जिल्लाका सबै गाविस सचिव, राजनीतिक दल र निजी क्षेत्रका प्रनिनिधिहरूलाई पनि प्रभावित क्षेत्रमा खटाइएको छ।


  •  
  •  
  •