औषधी बोकेर स्वास्थ्यमन्त्री सहितको टोली जाजरकोटमा

126
  •  
  •  
  •  

काठमाडौं २९ चैत (ओएनएस) : अज्ञात रोगका कारण मर्नेको संख्या नरोकिएपछि रोगपत्ता लगाउन मन्त्रीसहितको टोली जाजरकोट गएको छ । रोगको महामारी फैलिएपछि त्यसबारे बुझ्न स्वास्थ्य मन्त्री खगराज अधिकारी नेतृत्वको टोली आज जाजरकोट गएको हो । विशेषज्ञ चिकित्सकको टोलीले रोगको कारण पत्ता लगाउनेछ । टोली केहीदिन उतै रहनेछ । स्वास्थ्य मन्त्रीका प्रेस संयोजक सुदन ज्ञवालीले चिकित्सक सहितको टोली आजै जाजरकोट पुग्नेृ र काम थाल्ने जानकारी दिए ।

अज्ञात रोगका कारण जाजरकोटमा दुई हप्तामा १२ जनाको मृत्यु भइसकेको छ । ४ सय भन्दा बढी विरामी परेका छन् । गाउँ नै थलापरेपछि पानी दिने मान्छेको समेत समस्या भएको छ ।

बिरामीमा टाउको दुख्ने, बान्ता हुने, ज्वरो आउने, हातखुट्टा झमझमाउने, रुघा–खोकी लाग्ने जस्ता लक्षण देखापर्ने गरेको स्थानीयबासिन्दाले बताएका छन् । रोग पत्ता लगाउन सरुवा रोग नियन्त्रण महाशाखाले प्रयार गरेपनि पत्ता लागेको छैन ।


  •  
  •  
  •