सार्वजनिक स्थानमा भेला नहुन जाजरकोट प्रशासनको आग्रह

227
  •  
  •  
  •  

काठमाडौं, ९ वैशाख (ओएनएस) : जिल्लामा ‘सिजनल फ्लू’को महामारी नियन्त्रणमा आउन नसकेपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले सार्वजनिक स्थानमा भेला नहुन सर्वसाधरणलाई अनुरोध गरेको छ ।

विगत तीन सातादेखि फैलिएको फ्लूका कारण २७ जनाको ज्यान गएको तथा  हजारौ संक्रमित भएपछि प्रशासनले अन्य स्थानमा फैलन नदिन सार्वजनिक स्थानमा भेला नहुन आग्रह गरेको हो । प्रशासनले जिल्लामा सभा, समाराेह, गाेष्ठि, सेमिनार नगर्न स्थानीय सञ्चारमाध्यमार्फत अाग्रह गरेको छ ।

‘सार्वजनिक स्थानमा भेला हुँदा संक्रमण अझै फैलन सक्ने खतरा हुने भएकाले भेला नहुन आग्रह गरेका हौ ।’ प्रमुख जिल्ला अधिकारी जगत बहादुर बस्नेतले भने, ‘ विवाह र व्रतबन्धका कार्यक्रम समेत नबनाउन आग्रह गरेका छौ । लगन नै जुराइसकेको भए हामीले रोक्ने कुरा भएन तर, विवाह–व्रतबन्धका कार्यक्रममा मानिसहरु भेला हुँदा रोग फैलन सक्ने खतरा हुन्छ । ’

तीन सातायता फैलिएको फ्लूका कारण तीन गाविसलाई सोत्तर बनाएको छ । सरकारले रोग नियन्त्रण गर्न अझै १० दिन लाग्ने बताएको छ  । नियन्त्रणको लागि सरकारले स्वास्थकर्मीको टाेली खटाएको छ ।


  •  
  •  
  •