जाजरकोटमा थप ४ जनाको मृत्यु, मृतकको संख्या १६ पुग्यो

381
  •  
  •  
  •  

jajarkotजाजरकोट, १ वैशाख (ओएनएस) : विगत दुई सातादेखि फैलिएको अज्ञान रोगका कारण जाजरकोटमा थप ४ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

पछिल्लो पटक टालेगाउँ गाविस वडा नं ३ का ५० वर्षीया लक्ष्मी नेपाली, वडा नं ५ का ५५ वर्षीया धनकला दमाईं, वडा नं ६ का ५१ वर्षीय हस्ते कामी र वडा नं २ का ६१ वर्षीया महेश्वरा सिंहको मृत्यु भएको हो।

मङ्गलबार मात्र १८० जना बिरामी उपचारका लागि अस्पताल ल्याइएको छ। बिरामी राख्ने ठाउँ नभएका कारण खुला चौरमा राखेर उपचार गर्न बाध्य भएका छन् ।

बिरामीहरुमध्ये श्वासप्रश्वाससम्बन्धी रोगी बढी भएको स्वास्थ्यकर्मीले बताएका छन् । यसअघि सरकारी टोलीले जाजरकोट भ्रमणपछि रोग नियन्त्रणमा आउने बताएका थिए ।

सरसफाइको कमी, शुद्ध खानेपानीको अभावका कारणले रोगको संक्रमण बढेको बताइएको छ ।


  •  
  •  
  •