२५ वर्ष जेलमा बसेपछि निर्दोष

85
  •  
  •  
  •  

५३ वर्षीय जोनाथन फ्लेमिङ्गले आफ्नो आधा उमेर जेलमै बिताए । उनी २५ वर्षसम्म जेलमै बसे । अघिल्लो वर्ष उनी ब्रुक्लिनको अदालतबाट निर्दोष सावित भएपछि रिहा भए ।फ्लोरिडाको अरल्यान्डोमा बस्दै आएका फ्लेमिङ्गमाथि सन् १९८९ मा साथी डेरिल रसको हत्या गरेको अभियोगमा जेल पठाइएको थियो । निर्दोषलार्इ २५ वर्षसम्म जेलमा थुनेपछि अब अब न्यूयोर्क प्रशासन उनलार्इ क्षतिपूर्ति दिन तयार भएको छ ।

क्षतिपूर्तिस्वरुप उनलार्इ ६.२५ मिलियन डलर (करिब ६३ करोड रुपैयाँ) मिल्नेछ । न्यूयोर्कका सिटी कन्ट्रोलरले बताएअनुसार प्रमाण हेर्दा फ्लेमिङ त्यो अपराधका लागि  आफ्नो आधा जिन्दगी जेलमा बिताएपनि उनी अहिले निर्दोष सावित भए ।

सेन्टरले फ्लेमिङ्गका ती दिन फिर्ता गर्न नसके पनि यो अन्यायको क्षतिपूर्तिका लागि रकमको प्रस्ताव गरेको जनाएको छ । यो मुद्दामा फ्लेमिङ्गका वकील मार्टिन इडलम्यानले यो रकम उनलार्इ नयाँ जिन्दगी थाल्न पर्याप्त रहेको प्रतिक्रया दिए ।

फ्लेमिङ्गले आफ्नो जिन्दगीको सबैभन्दा तीतो सत्यको मिठो फल अहिले पाएको बताए । ‘मिठो यसकारण कि मेरो संघर्षको यात्रा सफल भएको छ’, उनले भनेका छन्, ‘अब मेरी आमाको उपचारका लागि अस्पताल भर्ना गर्छु । मेरी आमाको अवस्था गम्भीर छ ।’१० मिनेटसम्म बेडमै रोए
अघिल्लो साल जेलबाट छुटेपछि उनले दिएको एक अन्तर्वार्तामा जेलबाट जान भनेपछि आफू जेलकै ओछ्यानमा १० मिनेटसम्म रोएको बताएका थिए ।

‘मलाइ ९३ डलर र एक कपडा दिएर जेलबाट बाहिर निकालियो’, उनले भने, ‘म कामको खोजीमा होटलमा चहारिरहेँ, साथीकहाँ पनि गएँ, कामको खोजीमा कुदिरहेँ ।’

‘कामको खोजीमा लागिरहँदा मलार्इ क्षतिपूर्तिको हकदा भएक सम्झना आयो’, उनले भनेका छन्, ‘किनकि मेरो जिन्दगीको सबैभन्दा महत्वपूर्ण समय जेलमै बर्बाद भइसकेको थियो । मैले गर्दै नगरेको अपराधमा मलाइ जेल हालिएको थियो ।’यसरी निर्दोष सावित भए
फ्लेमिङ्गसँग फ्लोरिडाको एक होटलको रसिद थियो । यो १४ अगस्त १९८९ को रसिद थियो । यसमा रातको ९ बजेर २७ मिनेटको समय लेखिएको थियो । त्यसको चार घन्टापछि १६ सय किमीको दुरीस्थित ब्रुकलिनमा उनका साथी डेरिल रसको हत्या हुन पुग्यो ।

२५ वर्ष जेलमा बिताएपछि अदालतले उनको कुरा सुन्यो । फ्लेमिङ्गले यस आधारमा दर्जनौ पटक आफ्नो मुद्दाको पुन: सुनुवाइ गर्न माग गरे ।

अदालतले फ्लोरिडाबाट १६ सय किमि परको ब्रुकलिन ४ घन्टामा पुग्न असम्भव रहेको तर्क मान्न २५ वर्ष लाग्यो। अन्तत: उनी निर्दोष सावित भएर क्षतिपूर्तिवापत न्यूयोर्क प्रशासनबाट भारीमात्रमा रकम समेत पाए ।

एजेन्सी/अन्नपूर्णपोष्ट


  •  
  •  
  •