जगदम्बा सिमेन्ट लगातार तेस्रो पटक सम्मानित

71
  •  
  •  
  •  

काठमाडौं । जगदम्बा सिमेन्ट लगातार तेस्रो पटक आफ्नो उत्पादनको लागिएन. एस. (NS) क्वालिटी अवार्ड अन्र्तगत “Letter of Appreciation” द्वारा सम्मानित भएको छ ।

यो वर्ष जगदम्बा सिमेन्टको पोर्टल्याण्ड स्ल्यागसिमेन्ट (पि. एस. सि.) Portland Slag Cement (PSC)  ले यो अवार्ड प्राप्त गरेको छ ।

यस अघि सन् २०१४ र २०१५ माआफ्नो अर्डिनरी पोर्टल्याण्ड सिमेन्ट (आ.पि. सि.) सिमेन्टको लागि जगदम्बा सिमेन्ट यो अवार्डबाट सम्मानित भएको थियो ।

उत्पादनको प्रारम्भदेखि नै कम्पनीको गुणस्तरीयताप्रति प्रतिवद्धता रहीआएको छ । एकपछि अर्काे सम्मानहरुबाट जगदम्बासिमेन्टले गुणस्तरीयता प्रतिबद्धतालाई पुष्टि गरेकोे छ ।

यस अवसरमा जगदम्बा सिमेन्टका वरिष्ठ ब्रान्ड प्रबन्धक, जगन्नाथ दाहालले भने , ‘यस्तो गरिमामय सम्मानबारम्बार पाउनु हाम्रो लागिगर्वको कुरा हो, यसबाट अझ बढी परिश्रम र थपजिम्मोवारी वहनगर्ने प्रेरणा मिलेको छ । PSC सिमेन्ट उत्पादकहरु मध्ये क्वालिटि अवार्ड प्राप्तगर्ने हामी नै पहिलो हौं । गुणस्तर उत्पादनहाम्रो पहिलो प्राथमिकतामा पर्दछ ।’
त्यसै गरी जगदम्बा सिमेन्टका कार्यकारी निर्देशक अजय जटियाले भने,‘उत्पादनमा गुणस्तरीयताकायम गरे वापत गुणस्तरीय एन एस क्वालिटि अवार्ड हामीले तेस्रो पटक प्राप्त गरेका छौं, ग्राहकवर्ग एवं शुभेच्छुकहरुको हामीप्रतिको विश्वासविना यो उपलब्धि सम्भवथिएन, त्यसैले यो सम्मानहामीहाम्रा सम्पूर्ण ग्राहकवर्ग, उपभोगतावर्ग, कर्मचारीवर्ग एवं शुभचिन्तकहरुप्रति समर्पणगर्न चाहान्छौंं ।’

जगदम्बा सिमेन्टले उत्पादन गरेका गुणस्तरीय सिमेन्टहरु शुभ जगदम्बा सिमेन्ट पि. एस. सि., जगदम्बासिमेन्ट पि.पि. सि., अल्ट्रा प्रिमियमओ.पि. सि., जगदम्बा अल्ट्रा एक्टिभ पि.पि. सि., जगदम्बाअल्ट्रा अल्टिमो पि. एस. सि., फोर्स पि. एस. सि., जगदम्बा एभरलास्ट पि.पि. सि., आदि रहेका छन् ।


  •  
  •  
  •