सुपरस्टार ज्याकी चान काठमाडौंमा

233
  •  
  •  
  •  

काठमाडौं, २६ जेठ (ओएनएस) :  हलिउड सुपरस्टार ज्याकी चान मंगलबार काठमाडौं आइपुगेका छन् । म‌ंगलबार चान भूकम्पी पीडितलाई सहयाेग गर्न साढे एघार बजे काठमाडौं अाइपुगेका हुन् ।

अन्तर्राष्ट्रिय रेडक्रसले नेपालका भूकम्प पीडितको लागि  ललितपुरमा हुने एक कार्यक्रममा सहभागि चान काठमाडौं अाएका हुन् । यूनीसेफका सद्भावना दूत  ६१ वर्षीय  चीनीयाँ मूलका चान नेपालका भूकम्प पीडितका लागि व्यक्तिगतरुपमा पनि नगद सहयोग गरेका थिए ।

चान सोल्टी होटलमा बसेका चान अपरान्ह   ललितपुरमा भूकम्पपीडितलाई राहत वितरण गरेर मंगलबार नै फर्कनेछन् ।  यसअघि चानले भूकम्पपीडितका लागि व्यक्तिगत रुपमा  एक लाख डलर सहयोग गरेका थिए ।


  •  
  •  
  •