जेपीको फैसलामा पुनरावलोकन गर्न अनुमति

137
  •  
  •  
  •  

काठमाडौं, १० असोज :पुर्वमन्त्री जयप्रकाशप्रसाद गप्तालाई भ्रष्टचारी ठहर गरिएको फैसला पुनरावलोकनका लागि सर्वोच्च अदालतले अनुमति दिएको छ ।
सर्वोच्च अदालतले २०६८ फागुन १० गते आफूलाई भ्रष्टाचारी ठहर गरेको फैसला पुनराबलोकनका लागि गुप्ताले दिएको निवेदनमा बुधबार निस्सा (पूनरावलोकनका लागि अनुमति) दिएको हो ।

गोपाल पराजुली,दीपकराज जोशी र देवेन्द्रगोपाल श्रेष्ठको विशेष इजलाशले बुधबार यस्तो निस्सा दिएको हो । गुप्ताले २०६९ साल बैशाखमा जेलभित्रैबाट पुनरावलोकनका लागि निवेदन दिएका थिए । उनले भ्रष्टाचार मुद्दामा जेल सजाय भुक्तान गरिसकेका छन् ।

अन्नपुर्ण पोष्ट दैनिकबाट 

  •  
  •  
  •