२६ माघ (एजेन्सी) : घानामाथि रोमाञ्चक जित हात पार्दै आइभोरी कोस्टले अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ ।
गोलरक्षक ब्यारीले नायकीय प्रदर्शन गरेपछि आइभरी कोस्टले सडेन डेथसम्म पुगेको नाटकिय खेलमा घानालाई ९–८ ले हराउँदै उपाधि जितेको हो ।
अतिरिक्त तथा निर्धारित समयसम्म घानाका थुप्रै प्रहार जोगाएका ब्यारीले सडेन डेथमा घानाका गोलकिपर ब्रिमाह रजाकको पेनाल्टी मात्रै जोगाएन, आफैँले विजयी पेनाल्टी समेत प्रहार गरे ।
त्यसअघि निर्धारित तथा अतिरिक्त समयसम्म गोलरहित बराबरी खेलेका दुबै टोलीले टाइब्रेकरमा ५–५ अवसरमा गोल गरेका थिए ।
सडेन डेथमा समेत सुरुआती ३–३ पटक दुबै टोलीका खेलाडीले बललाई जाली चुमाए । चौथो अवसरमा घानाका रज्जाकको प्रहार जोगाउँदै ब्यारीले आफैँ निर्णायक गोल गरेका थिए ।
सन् १९९२ पछि आइभोरी कोस्टले पहिलो पटक उपाधी जितेको हो ।