आर्थिक विकास गर्ने बेला आयो : खनाल

151
  •  
  •  
  •  

झापा, ९ फागुन(ओएनएस) : एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले विकास र समृद्धितिर लाग्ने बेला आएको बताएका छन् ।

इलाम र झापाको सीमानामा पर्ने निन्दा खोलाको पक्की पुलको उद्घाटनपछि बोल्दै खनालले देशले संविधान पाएकाले अब आर्थिक क्रान्तितिर लाग्ने समय आएको बताएका हुन् ।

उनले गरीबी, बेरोजगारीलगायतका तमाम समस्याहरुलाई निर्मुल पार्दै आर्थिक क्रान्तिमा होमिन समग्र नेपालीलाई आग्रह गरेका छन् ।

देशले संक्रमणकाल पार गरिसकेको र नयाँ युगको सुरूवात भएकाले अब देशलाई आर्थिक क्रान्तिको दिशामा लैजानुपर्ने भन्दै यसका लागि सरकारले दीर्घकालीन योजना ल्याउनुपर्ने बताएका छन् ।

अघोषित रुपमा भारतले गरेको नाकाबन्दी अघोषित रुपमा नै खुलेको बताउँदै खनालले भारतसँगको चिसिँदो सम्बन्ध सुधारका लागि पार्टी अध्यक्ष केपी ओलीले भारतको भ्रमण सुरु गरेको बताए ।


  •  
  •  
  •