इटालियन सिरी ‘ए’ मा एसी मिलानले सानदार जित

44
  •  
  •  
  •  

एजेन्सी । इटालियन सिरी ‘ए’ मा एसी मिलानले सानदार जित निकालेको छ । मिलानले साम्पडोरियालाई उसकै मैदानमा ४–१ को अन्तरले जित निकालेको हो ।

मिलानको जितमा ज्लाटनले दुई गोल गर्नुका साथै हकान कलहानोग्लु र राफयल लियोले गोल गरे ।
घरेलु टोलीका क्रिस्टोफोर एस्किल्दसेनले एक गोल फर्काए ।

साम्पडोरियाको मैदानमा मिलानले खेलको चौथो मिनेटमा ज्लाटन इभ्राहिमोभिचको गोलबाट अग्रता बनाएको थियो ।

उनले एन्टी रेविचको पासमा गोल गरेका थिए । पहिलो हाफमा १–० को अग्रता बनाएको मिलानले दोस्रो हाफमा थप तीन गोल गर्दा एक गोल बेहोरेको थियो ।

खेलको ५२ औं मिनेटमा हकानले इभ्राहिमोभिचको पासमा गोल गर्दै मिलानको अग्रता दोब्बर पारे । ५८ औं मिनेटमा हकानकै पासमा इभ्राहिमोभिचले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि मिलान सहज जिततर्फ अग्रसर बनेको थियो ।

खेलको ७८ औं मिनेटमा घरेलु टोलीले पेनाल्टीको अवसर पाएपनि पेनाल्टी चुकाउदा गोल अन्तर कम गर्नबाट चुक्यो । गोन्जालो मारोनीको पेनाल्टी प्रहार मिलानका गोलरक्षक जियानलुजी डोनारुम्माले बचाएका थिए ।

८७ औं मिनेटमा क्रिस्टोफोरले गोल गर्दै खेलमा फर्कने संकेत दिएपनि इन्ज्युरी समयमा राफयल लियोले गोल गर्दै मिलानलाई ४–१ को सानदार जित दिलाए ।

जितसँगै शीर्ष ६ मा स्थान पक्का गरेको मिलानले अर्को सिजनको युरोपा लिगको छनोट खेल्ने पक्का भएको छ ।


  •  
  •  
  •