भारत र नेपालका लागि इटालीका राजदुत नर्भिक अस्पतालमा

197
  •  
  •  
  •  

काठमाडौं, १० कात्तिक (ओएनएस) भारत र नेपालका लागि इटालीका राजदुत ड्यानिले मानसिनीको नेतृत्वमा आएको टोलीले आज नर्भिक अन्र्तराष्ट्रिय अस्पतालको भ्रमण गरेको छ ।

केही दिन अघि नुवाकोटमा भएको सवारी दुर्घटनमा परी घाईते भएका दुई जना इटालियन नागरिक मार्ता लान्जी र कायरा मास्त्रोफिली नर्भिक अस्पतालको आई.सि.यू.मा भर्ना भएपछि उनीहरुको स्वास्थ्य अवस्था बुझ्न राजदुत मानसिनीको नेतृत्वमा रहेको टोली नर्भिक अस्पताल पुगेको हो ।

भेटसँगै राजदुत मानसिनीले विरामीको स्वास्थ्य अवस्था र उपचारबारे जानकारी लिएका छन् । भेटको क्रममा त्रि.वि.शिक्षण अस्पतालका कार्डियाक सर्जन डा. अनिल भट्टराई र नर्भिक अस्पतालका बरिष्ठ मुटु रोग विशेषज्ञ डा. भरत रावलको समेत उपस्थिति रहेको थियो ।


  •  
  •  
  •