इटालीको एक शहरमा २८ वर्षपछि जन्मियो बच्चा

347
  •  
  •  
  •  

town of Italyकाठमाडौँ, १५ माघ(एजेन्सी) : इटालीको टाउन अस्टनमा २८ वर्षपछि कुनै पनि बच्चाले जन्म लिएको छ । बच्चाको नाम पाब्लो राखिएको छ ।

८४ जना मानिस रहेको टाउनमा पछिल्लो पटक सन् १९८७ मा बच्चा जन्मिएको थियो । पछिल्लो १ सय वर्षमा अस्टनको जनसंख्यामा निकै कमी आएको छ । सिटी मेयर गिएकोमा लाम्बार्डोका अनुसार दोस्रो विश्वयुद्धपछि जन्मदर रोकिएको थियो ।

अचम्मको कुरा के छ भने सन् १९७६ देखि १९८७ बीच मात्र १७ बच्चाको जन्म भएको थियो । सन् १९९० सम्म शहरमा एक हजार मानिसको घर थियो । तर, दोस्रो विश्वयुद्धपछि यहाँको जन्मदर घटिरहेको छ ।

धेरै मानिस जागिरका कारण दोस्रो शहरमा जान बाध्य भएका छन् । यहाँ मात्र ८५ मानिस रहेका छन् । पाब्लोका आमा-बाबु पनि पाँच वर्ष पहिले शहर छाडेर जान लागेका थिए तर, उनीहरूलाई जागिर दिएर सोही शहरमा रोकियो ।

यस शहरमा पछिल्लो साता जन्मिएको बालक यसको ८५ औँ सदस्य हुन् । अस्टनलाई पुनः सोही स्थानमा रहने प्रयास भइरहेको छ ।


  •  
  •  
  •