इटाली पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

67
  •  
  •  
  •  

काठमाडौं । वैदेशिक रोजगारीका लागि इटाली पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) प्रतापपुर गाउँपालिका–३ घर भई हाल कीर्तिपुर बस्ने शम्भु चौधरी र उनका छोरा कृष्ण चौधरी रहेका छन् ।

उनीहरुलाई अपराध अनुसन्धान महाशाखाको टोलीले मंगलबार पक्राउ गरेको हो । आफू हरिहर भवनस्थित रिलाइफ एजुकेशन कन्सल्टेन्सी प्रालिको सञ्चालक रहेको भन्दै इटालीमा राम्रो रोजगारीको प्रलोभन देखाएर पर्वत कुश्मा नगरपालिका–१४ घर भई हाल काठमाडौं चन्द्रागिरी बस्ने दिनेश पौडेलसँग उनीहरुले ६ लाख रकम ठगी गरी फरार भएका थिए ।

रकम लिएर लामो समयसम्म पनि इटाली नपठाई फरार भएपछि पीडितले प्रहरीसमक्ष उजुरी दिएका थिए ।


  •  
  •  
  •