नेपालमा इटालियन भेस्पा स्कुटर भित्रियो

144
  •  
  •  
  •  

काठमाडौं, २७ साउन (ओएनएस) : नेपालमा  भेस्पा स्कुटर भित्रिएको छ । नेपालका लागि आधिकारिक विक्रेता डि लाइफ स्टाइल्सले भेस्पा स्कुटर नेपाल भित्र्याएको हो ।

राजधानीमा एक कार्यक्रमको आयोजना गरी इटालियन भेस्पा स्कुटरको विक्री वितरण सुरु गरेको हो । स्कुटर दुई मोडलको रहेका छन् ।
भेस्पा उत्पादक इटालीयन कम्पनी पियाजियो समुहका प्रबन्ध निर्देशक स्टेफानो पेले र नेपालका लागि आधिकारिक विक्रेता डि लाइफ स्टाइल्सका प्रबन्ध निर्देशक आभूषण ज्योति कंसाकारले संयुक्त रुपमा भेस्पा स्कुटर सार्वजनिक गरेका हुन् ।

नेपाली बजारमा भेस्पा भिएक्स र भेस्पा एस गरि दुई मोडलमा स्कुटर उपलब्ध गराइएको कार्यक्रममा जानकारी दिइयो ।
कम्पनीका अनुसार नेपाली बजारमा विभिन्न चार आर्कषक रंगहरुमा भेस्पा स्कुटरहरु उपलब्ध रहेका छन् । जस्मा भिएक्स मोडलको मूल्य दुई लाख ४९ हजार नौं सय ४६  र एस मोडलको मूल्य दुई लाख ६३ हजार नौ सय ४६  तोकिएको छ ।

एक सय २५ सीसीका वातावरणमैत्री यी स्कुटरमा तीन वटा भल्भ इन्जिन सहित डिस्क ब्रेक, स्टिल बडी र ट्युबलेस टायर रहेको पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।

पियाजियो समुहले  सन् १९४६ देखि विभिन्न मोडलमा स्कुटरहरु उत्पादन गर्दै विक्री वितरण गर्दै आएको छ ।


  •  
  •  
  •