काठमाडौ, ९ मंसिर(एजेन्सी) : पछिल्लो महिना इटालीको मध्य ल्युगो क्षेत्रमा रहेको एक अस्पतालमा काम गर्ने एक नर्सलाई ३८ जनाको हत्या गरेको आरोपमा पक्राउ गरिएको थियो । अब ती नर्सको एक बिरामीसँग लिइएको सेल्फी सार्वजनिक भएको छ । यसमा उनी ‘थम्स अप’ को चिन्ह देखाउँदै गरेको देखिन्छ ।
इटालीकी नर्स डेनियाला पोगिलीलाई गत महिना ३८ बिरामी मारेको आरोपमा पक्राउ गरिएको थियो । उनले बिरामीलाई अधिक मात्रामा पोटासियम दिने गर्थिन्, जसको ४८ घण्टापछि ती बिरामीको मृत्यु हुन्थ्यो । यस्तो पदार्थको प्रयोग अमेरिकामा मृत्युदण्डको सजाय सुनाइएकालाई दिइने लीथल इन्जेक्सनमा प्रयोग गरिन्थ्यो ।
नयाँ तस्विरमा ४२ वर्षीय नर्स पोगिलीले बिरामीको शवसँग तस्विर खिचेको देखिएको छ । ७८ वर्षकी एक महिलाको शवमा उनले उक्त सेल्फी लिएको बताइएको छ । यसै तस्विर सार्वजनिक भएपछि उनको यो कर्तुत बाहिर आएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन् । ती महिलाको पोष्टमार्टम प्रतिवेदनमा उनलाई धेरै मात्रामा पोटासियम क्लोराइड दिइएको थियो ।
जनवरीमा लिएको उक्त तस्विर पोलिगीकी एक सहकर्मीले लिएकी थिइन् । उसका अनुसार पोलिगिले उनलाई धम्काएर उक्त तस्विर लिन लगाएकी थिइन् । उनी शवको छेऊमा खुसी हुदै बसेको तस्विर खिचाउन चाहन्थिन् । उनलाई हुँदैन भन्ने शब्द सुन्न कत्ति पनि मन पर्दैनथ्यो । पोलिगीले आफूमाथी लगाइएको आरोप सत्य नभएको बताएकी छिन् । उनले आफूले ती तस्विर बिरामी जिउँदै हुँदै लिएको दावी पनि गरेकी छिन् ।
Comments are closed.