इटालियन सिरि एः युभेन्टसले बोलोग्नालाई हरायो

45
  •  
  •  
  •  

एजेन्सी । इटालियन सिरि ए अन्तर्गत सोमबारराति भएको खेलमा युभेन्टसले बोलोग्नालाई २–० ले पराजित गरेको छ । खेलमा क्रिष्टियानो रोनाल्डो र पाउलो डिबालाले एक-एक गोल गरेका थिए ।

जितसँगै युभेन्टसले चार अंकको अग्रता लिएको छ । युभेन्टरले ६६ अंक बनाएको छ भने दोस्रो स्थानको लाजियोको ६२ अंक छ ।

बोलोग्नाको मैदानमा भएको खेलको २३औं मिनेटमा युभेन्टसले पेनाल्टी पायो । जुन पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गर्दै युभेन्टसलाई अग्रता दिलाए । ३६औं मिनेटमा पाउलो डिबालाले गोल गर्दै पहिलो हाफअघि नै युभेन्टसलाई २–० को अग्रता दिलाए ।

बाँकी समयमा बोलोग्न खेलमा फर्किन सकेन । बोलोग्ना ३४ अंकसहित १०औं स्थानमा छ ।

अर्को खेलमा एसी मिलानले रेलिगेसन जोनको लेस्सेलाई ४–१ ले हरायो । मिलानको जितमा सामु कास्टिलो, जियाकोमो बोनाभेन्चुरा, अन्ते रेविच र राफेल लाओले गोल गरेका थिए । ३९ अंक बनाएको मिलान सातौं स्थानमा उक्लिएको छ ।

 


  •  
  •  
  •