इटालियन ‘सिरी ए’मा इन्टर मिलान दोस्रो स्थानमा

50
  •  
  •  
  •  

एजेन्सी । इटालियन ‘सिरी ए’ फुटबल अन्तर्गतको खेलमा इन्टर मिलान दोस्रो स्थानमा उक्लिएको छ ।
शनिबार राति भएको खेलमा जिनोआलाई ३ शून्य गोल अन्तरले पराजित गर्दै इन्टर दोस्रो स्थानमा उक्लिएको हो । इन्टरलाई जित दिलाउन रोमेलु लुकाकुले दुई तथा एलेक्सिस सान्चेजले एक गोल गरे ।

जितसँगै इन्टरले लिगको अङ्क तालिकामा पहिलो स्थानमा रहेको युभेन्टससँगको अङ्क दूरी ४ मा झारेको छ । युभेन्टसको ८० अङ्क छ भने इन्टरको ७६ अङ्क भएको छ ।

सोमबार हुने खेलमा साम्पडोरियालाई हराउन सके युभेन्टसले उपाधि जित्नेछ । इन्टरसँग पराजित भएको जिनोआ भने लिगमा पुछारबाट चौथो स्थानमा छ ।

राति नै भएको अर्को खेलमा नापोलीले सासोउलोलाई २ शून्यले तथा पर्माले ब्रेससियालाई २–१ ले हराएको थियो ।


  •  
  •  
  •