पुनः अस्थायी युद्धविराम हुन सक्ने
काठमाडौ, १४ साउन (एजेन्सी): इजरायल र हमासको बीचमा युद्धविराम हुने अड्कल काटिएपनि हमास कमाण्डरले युद्धविरामको प्रस्ताव खारेज गरेका थिए । एक अडियो रेकर्डिङमा हमासका सैन्य शाखाका कमाण्डर मोहम्मद डेफले भनेका छन् की उनका लडाकुहरू मार्नका लागि निकै तयार छन् र इजरायलमाथि रकेट हमला गर्ने कमस खान्छन् ।
बुधबार इजरायलको ताजा हवाई हमलामा दुई प्यालेष्टाइनी बच्चाको मृत्यु भएको थियो । इजरायलले दावी गरेको छ की उसले हमासको केही ठाऊँलाई निशाना बनाउँदा २१ जनाको मृत्यु भएको थियो । मेडिकल स्रोतका अनुसार गाजास्थित युएन विद्यालयमा बसेका जबेलिया रिफ्युजी क्याम्पमा हवाई हमलापछि २० जनाको मृत्यु भएको थियो । २३ औ दिनमा चलिरहेको हवाई तथा जमिन हमलामा मर्ने मानिसहरूको संख्या करिब १२ सय भन्दा बढि भइसकेको बताइएको छ । यसमा सबैभन्दा बढि नागरिक मारिएको र ६ हजार ७ सय धेरै मानिस घाइते भएका छन् ।
इमरजेन्सी सेवा प्रवक्ता अशरफ अल कादराले भनेको छ की ११ वर्षकी विकलाङ्ग बालिका उत्तरी गाजा पट्टीमा मारिएकी छिन्, जबकी समुन्द्री क्षेत्रको नजिकै १६ वर्षीय किशोरीको मृत्यु भएको छ । गाजा शहरबाट रूवाईका आवाजहरू र हमासद्धारा रकेट हमला गरेका आवाजहरू पनि जोडदार सुनिएको विभिन्न सञ्चारमाध्यहरूले जनाएका छन् । ८ जुलाईबाट सुरू भएकको हमलाको मुख्य उदेश्य गाजाका तर्फबाट आउने रकेट हमलालाई विफल गर्ने र आतंकी हमला र उनीहरुले प्रयोग गरिरहेको सुरूङ्गलाई नष्ट गर्नु हो ।
यता, इजरायल र हमासबीच मध्यस्तता गर्दै गरेका मिश्रका अधिकारीहरुले एक पटक पुनः अस्थायी युद्धविरामको प्रस्ताव राखेका छन् । इजरायली टेलिभिजनका अनुसार काहिरामा यस प्रस्तावका सम्बन्धमा वार्ता हुन सक्ने सम्भावना रहेको छ । यसमा प्यालेष्टाइनी प्रतिनिधीमण्डलमा शामिल हुने सम्भावना रहेको बताइएको छ । प्यालेष्टाइनी राष्ट्रपति मेहमुद अब्बासले हमासका मुखिया खालेदसँग सम्पर्क गरिरहेको बताइएको छ ।