इजरायलले पुनः सैन्य कारबाही सुचारू गर्ने

221
  •  
  •  
  •  

काठमाडौ, ११ साउन (एजेन्सी): १२ घण्टाको युद्धविरामपछि इजरायलले गाजामा पुनः आफ्नो सैन्य कारबाई  सुरू गर्ने जनाएको छ । हमास चरमपन्थीहरूका तर्फबाट इजरायलमा लगातार रकेट आक्रमण भइरहेका कारण कारबाही सुरू गर्न लागेको इजरायलले जनाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

israel-hamasइजरायलले संयुक्त राष्ट्र संघको २४ घण्टाको संघर्ष विरामको प्रस्तावलाई मानेर १२ घण्टे युद्धविराम गरेको थियो । यसका साथै इजरायलले चेतावनी दिएको छ । यदी हमासले उक्त संघर्षविरामलाई तोडेर आक्रमण गरे आफूहरूले पनि कारबाही गर्ने बताएको छ ।

उता, हमासले भनेको छ,  उसले उक्त संघर्ष विरामलाई मान्न तयार छैन्, जबसम्म इजरायली सेनाले गाजा छोड्दैन र जबसम्म विस्थापितहरूलाई घर फर्किनको अनुमति दिदैन ।

गाजामा इजरायली हमलामा एक हजारभन्दा बढी प्यालेष्टाइनी र हमासको हमलामा ४६ इजरायली मारिइसकेको बताइएको हो ।
इजरायलले गाजामा गरेको कारबाही ८ जुलाईबाट सुरू गरेको थियो ।


  •  
  •  
  •