करिब ९ सय प्यालेष्टाइनीको मृ्त्युपछि १२ घण्टे युद्धविराम

320
  •  
  •  
  •  

काठमाडौ, १० साउन (एजेन्सी) : पछिल्लो २० दिनदेखी जारी ह्रिंसक संघर्षपछि इजरायल र हमासले १२ घण्टाका लागि युद्धविराम गर्न तयार भएका छन् । स्थानीय समयानुसार शनिबार बिहान ८ बजेदेखी युद्धविराम लागू भएको छ । यता इजरायलका अनुसार युद्धविरामका क्रममा गाजामा बनाइएको सुरङ्ग नष्ट गर्ने अभियान भने जारी राख्ने छ ।

israel-hamas

इजरायली सेनाले जारी गरेको विज्ञप्ति अनुसार, मानवीय आधारमा गाजापट्टीमा केही घण्टाका लागि हमला रोकिएको हो । यद्यपी, इजरायल सुरक्षा बलले यदी हमासले युद्धविरामको उल्लंघन गरे त्यसको कडा जवाफ दिइने बताएको छ ।

यस्तै, इजरायली सञ्चारमाध्यमका खबरहरूका अनुसार हमास पनि युद्धविरामका लागि सहमत भएको छ । हमास र सहयोगी आतंकी संगठनद्धारा जारी गरिएको विज्ञप्तिमा संघर्षको समयमा मारिएका प्यालेष्टाइनी नागरिक प्रति चिन्ता व्यक्त गरेका छन् । गाजा अधिकारीहरूले नागरिकहरूलाई विस्फोटक वस्तुहरू नष्ट गर्ने क्षेत्रमा नजान आग्रह गरेको छ ।

युद्धविराम पहिले शनिबार बिहानसम्म हिंसा र युद्ध जारी थियो । गाजा मेडिकल सेवाका अनुसार संघर्षको १९ औ दिनसम्म भएको इजरायली रकेट हमलामा १९ जनाको मृत्यु भएको छ जसमध्ये ४ बच्चा पनि समावेश छन् ।

८ जुलाईदेखी सुरू भएको संघर्षमा ८ सय ८४ प्यालेष्टाइनीको मृत्यु भएको छ जसमा सबैभन्दा धेरै आमनागरिक रहेका छन् । संघर्षमा ३७ इजरायली सैनिक, दुई इजरायली नागरिक र एक थाइल्याण्डका नागरिकको समेत मृत्यु भएको छ ।


  •  
  •  
  •