यसरी काटे आईएसआईएसका लडाकुले अमेरिकी पत्रकार…(भिडियोसहित)

123
  •  
  •  
  •  

काठमाडौ, ४ भदौ (ओएनएस) : आतंकी संगठन आईएसआईएस (ISIS) ले मंगलबार एक अमेरिकी पत्रकारको टाउको काटेको भिडियो सार्वजनिक गरेको छ । सन् २०१२ नोभेम्बर देखी हराएका भनिएका पत्रकार जेम्स फोलेको हत्या गरेको भीडियो सार्वजनिक गर्दै आईएसआईएसले अमेरिकालाई चेतावनी समेत दिएको छ ।

Islamic-State-militants-behead-US-journalist-hold-anotherयदी अमेरिकाले इराकमा हवाई हमला बन्द नगरे अमेरिकाका अर्का पत्रकारको पनि यस्तै हालत हुने चेतावनी दिएका छन् । स्वतन्त्र पत्रकार जेम्स फोलेलाई अन्तिम पटक २२ नोभेम्बर २०१२ मा सिरियामा देखिएको थियो । उनी राष्ट्रपति बशर अल-असदको सेनाको कब्जामा भएको अनुमान गरिएको थियो । उक्त भिडियो अल फर्कुनले युट्युबमा अपलोड गरेको थियो । पहिले यो एकाउण्टको प्रयोग आईएसआईएसले सन्देश र भिडियो पोष्ट गर्नका लागि प्रयोग गर्दथे । अहिले उक्त एकाउण्ट युट्युबले बन्द गरिदिएको छ ।

अमेरिकी प्रशासन भिडियोको जाँच गर्न लागिपरेको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रिय सुरक्षा परिषद्लाई दिएको बयानमा अमेरिकी नागरिक जेम्स फोलेको हत्या गरिएको भिडियो आफूले हेरेको र जासुसी संस्थाहरू यसलाई पुष्टी गर्नमा लागेका छन् ।

के छ भिडियोमा ?
भिडियोको शीर्षक ‘अ म्यासेज टु अमेरिका’ राखिएको छ । भिडियोमा फोलेले पहेलो रंगको जम्पसुट लगाएका छन् । यस्तो कपडा अमेरिकाका जेलमा अपराधीलाई लगाइदिने गरिन्छ । फोलेको हत्या गर्ने आईएसआईएसका लडाकुले भने मुखूण्डो लगाएका छन् । क्यामराको आगाडि फोलेले आफ्नो सन्देशमा भनेका छन्, ‘म आफ्नो परिवार, साथी सँग भन्न चाहन्छु की मेरो वास्तविक हत्यारा अमेरिकी सरकार हो, यसविरूद्ध तपाईहरू उठ्नुस् । आज अमेरिकी सेना हरेक दिन इराकमा हमला गरिरहेको छ र यसमा निर्दोष मुस्लिम मारिइरहेका छन् ।’ फोलेले अमेरिकी राष्ट्रपति ओबामालाई सन्देश दिँदै अमेरिकी सेनाको कुने पनि प्रयासले इस्लामिक राज्यमा कुनै मुस्लिमलाई उसको हक लिनबाट रोक्न चाहे यसको परिणाम अमेरिकी जनताले भोग्नुपर्ने छ ।

यसपछि फोले चुप हुन्छन्, र बीचमा स्क्रिन केहीबेर हराउँछ र ट्रान्सक्रिप्ट म्यासेज पोष्ट भइरहेको हुन्छ । यसपछि आईएसआईएसका लडाकुले फोलेको टाउको काटिदिन्छन् । केही पछि अमेरिकी पत्रकार स्टीवन जोएल सोललोफलाई समातेर देखाउँदै ओबामालाई भन्छन् की उनको आगामी फैसलाले जोएलको ज्यान बचाउन सक्छ । सोतलोफलाई पछिल्लो पटक सन् २०१३ अगस्तमा देखिएको थियो । यसपछि उनीपनि हराएका थिए ।


  •  
  •  
  •