फ्रान्सेली ११ च्यानल आईएसका ह्याकर्सद्धारा एकसाथ ह्याक

173
  •  
  •  
  •  

isisकाठमाडौ, २७ चैत(एजेन्सी) : इस्लामिक स्टेट समर्थित कम्प्युटर ह्याकर्सले बिहिबार राती फ्रान्सेली टेलिभिजन नेटवर्क ‘टिवी ५ मोन्डे’ को ११ वटा च्यानल ह्याक गरेको थियो । ह्याकर्सले ह्याक गरेपछि च्यानलको तीन घण्टासम्म प्रसारण बन्द भएको थियो ।

टिवीका अनुसार आईएस ह्याकर्सले टेलिभिजन स्टेशनसहित वेबसाइट र अन्य केही सामाजिक सञ्जालका एकाउण्टहरू पनि ह्याक गरेको थियो । ह्याकर्सले इराकमा फ्रान्सेली सेनाको हवाई हमलाको विरोधमा ह्याक गरेको समाचारहरूमा बताइएको छ ।

टिवी ५ मोन्डे को फेसबुक अकाउन्ट ह्याक गरेर जारी गरिएको सन्देशमा लेखिएको छ, ‘इस्लामिक स्टेटको विरोधीविरूद्ध साइबर आक्रमण जारी रहनेछ ।’ उनीहरूले नेटवर्कको सामाजिक सञ्जाल प्रोफाइलको तस्विरलाई एक इस्लामिक लडाकुको फोटोद्धारा प्रतिस्थापन गरिएको थियो । प्रसारण सुचारू भएपछि च्यानलका पुराना रेकर्ड गरिएका कार्यक्रमहरू मात्र देखाइएको थियो । नेटवर्कको वेबसाइटमा नियन्त्रण भएपछि त्यसलाई मेन्टेनेन्सका लागि पुनः बन्द गरिएको थियो ।

ओलान्स सरकारले यस घटनालाई नीच, कायरतापूर्ण र अभिव्यक्तिको स्वतन्त्रतामा हमला भएको बताइएको छ ।


  •  
  •  
  •