आईएसका दोस्रो प्रमुख हयाली मारिए

118
  •  
  •  
  •  

al-hayali-leaderकाठमाडौ, ५ भदौ(एजेन्सी) : आतंकी संगठन इस्लामिक स्टेटका प्रमुख बगदादीपछि दोस्रो प्रमुख आतंकी फादिल अहमद अल-हयाली अमेरिकी हवाई हमलामा मारिएका छन् । व्हाइट हाउस नेशनल सेक्युरिटी काउन्सिलका प्रवक्ता नेड प्राइसले हयाली मारिएको पुष्टी गरेका छन् । उनले हयाली मंगलवार इराकको मोसुलमा मारिएको जनाएका छन् ।

हयाली कुनै बेला सद्दाम हुसेनको स्पेशल फोर्समा लेफ्टिनेन्ट कर्नल थिए । उनको नाम आतंकी संगठन अल कायसासँग पनि जोडिने गरेको छ । गत वर्ष गर्मीमा मोसुलमाथि आईएसआईएसको कब्जा गर्ने अपरेशनमा हयाली पनि सहभागी थिए । उनी इराक र सिरिया कब्जा गर्ने क्षेत्रमा हतियार एवं विस्फोटक पदार्थ पुर्‍याउने काम गर्दथे । व्हाइट हाउसका अनुसार उनी संगठनको वित्त, मिडिया र मिलिटरी अपरेशन सम्हाल्दै आएका थिए ।

गत वर्ष डिसेम्वरमा युएस ज्वाइन्ट चीफ अफ स्टाफका प्रमुख जनरल मार्टिन डेम्सपेले वाल स्ट्रीट जर्नललाई आईएसका तीन प्रमुकहरू मारिएको बताएका थिए । त्यतिबेला अल हयाली पनि मारिएको आशंका गरिएको थियो ।

अमेरिकाले गत वर्ष सुरू भएको गठबन्धन सेनाको हमलामा अहिलेसम्म करिब १० हजार आईएस आतंकी मारिएका छन् ।


  •  
  •  
  •