आईएसको अर्को नरसंहार, इराकमा ४५ जनालाई जिउँदै जलायो

199
  •  
  •  
  •  

isisकाठमाडौ, ६ फागुन(एजेन्सी) : इस्लामिक स्टेट(आईएसआईएस) को आतंककारीहरूले इराकमा ४५ जनालाई जिउँदै जलाएको छ । तीमध्ये धेरै इराकी सैनिक रहेका छन् । गत हप्ता आईएसले कब्जामा लिएको शहर अल-बगदादीमा उक्त घटना भएको हो ।

यही शहरको केही नजिकै अमेरिकाको सैन्य अड्डा रहेको छ । यो घटना केही दिन पहिले आईएस आतंकीहरुले लिबियामा २१ इसाईहरूको हत्या गरेका छन् । यसका साथै आईएसले जोर्डनको सैन्य विमानचालकलाई बन्धक बनाएर जिउँदै जलाएको थियो ।

स्थानीय प्रहरी प्रमुख कर्नल कासिम अल-ओबैदीका अनुसार, मारिएका मानिसहरु को हुन् भन्ने बारे केही जानकारी प्राप्त हुन सकेको छैन् भने उनीहरुलाई मार्नुको कारणबारे केही थाहा हुन सकेको छैन् । ओबैदीका अनुसार, अल-बगदादीका केही घरमा अब मानिसहरु फसेका छन् । यसमा सैनिक र उनका परिवार पनि समावेश भएका छन् ।

अमेरिकी सैन्य अड्डामा ३ सय २० सैनिक

शुक्रबारको अमेरिकी रक्षा विभागका प्रवक्ता जोन किर्बीले अल-बगदादीमा आतंककारीहरूको कब्जाबाट धेरै नोक्सान हुने सम्भावना नरहेको बताएका छन् । यसमा मात्र ८ किलोमिटर टाढा रहेको अमेरिकी सैन्य इलाका ऐन अल असदमा अमेरिकाका ३ सय २० सैनिक रहेका छन् । यो टोलीले इराकी सुरक्षाकर्मीलाई  विभिन्न किसिमका तालिमहरू दिइरहेका छन् ।


  •  
  •  
  •