आईएसद्वारा ३ सय भन्दा बढी कामदार अपहरित

227
  •  
  •  
  •  

isis-kidnap-workersकाठमाडौँ, २६ चैत(एजेन्सी) : इस्लामिक स्टेट(आईएसआईएस)ले सीरियामा सिमेन्ट फ्याक्ट्रीका ३ सय भन्दा बढी कामदारको अपहरण गरेको छ ।

स्टेट टेलिभिजनको रिपोर्ट अनुसार समिश्कको उत्तर-पूर्वमा दुमेरस्थित अल-बदिया फ्याक्ट्रीमा आक्रमणपछि सबैलाई अपहरण गरिएको हो । अपहरण गरिएका ती सबै कामदारलाई बसमा राखेर लगेको बताइएको छ ।

स्टेट न्युज एजेन्सी सनाका अनुसार बिहीबारबाट बन्धक बनाइएका कुनै पनि कामदारसँग सम्पर्क हुन सकेको छैन् । एक प्रत्यक्षदर्शीका अनुसार आईएसका लडाकुहरूले करीब १ सय २५ जना कामदारलाई बसमा राखेको देखेका थिए ।


  •  
  •  
  •