इस्लामिक स्टेट संगठनबाट भाग्न लागेका १ सय विदेशी लडाकुको हत्या

466
  •  
  •  
  •  

isis-raqqaकाठमाडौ, ६ पुस(एजेन्सी) : सीरियामा आईएसआईएसले १ सय विदेशी लडाकुहरूको हत्या गरेको छ । आईएसआईएस संगठन छाडेर भाग्न लागेका उनीहरूको हत्या गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्मयहरूले जनाएका छन् ।

उक्त घटना सीरियाली शहर रक्कामा भएको हो । सीरियामा युद्ध लडिरहेका केही देशका विदेशी लडाकुका आईएसआईएससँग चित्त नबुझेपछि भाग्ने तयारी गरिरहेका १०० लडाकुलाई उनीहरूलाई संगठनबाट बाहिर जान नदिने नीति अनुसार नै उनीहरूको हत्या गरिएको बताइएको छ ।

आईएसआईएसका यी लडाकुहरू संगठनको कामबाट निकै रिसाएका थिए । उनीहरुलाई साँचो बोल्ने अनुमति पनि थिएन । यसका साथै उनीहरूलाई धेरै काम लगाइने गरिन्थ्यो । अक्टुबर महिनामा संगठनमा सहभागी भएका१२ लडाकु घर फर्कन चाहन्थे । तर, उनीहरूलाई बन्दी बनाइएको थियो ।

आईएसआईएसले हालै एक सैनिक प्रहरी बनाएको छ, उनीहरूले ड्युटीमा नआउनेहरूलाई कारबाही गर्ने गर्छन् । आईएसआईएसको उक्त प्रहरीले रक्कामा ४ सय लडाकुहरुलाई पक्राउ गरेको छ ।


  •  
  •  
  •