यमनमा आईएसको आत्मघाती हमला, १ सय ४५ को मृत्यु

156
  •  
  •  
  •  

ISIS attack at yemenकाठमाडौ, ७ चैत(एजेन्सी) : आत्मघाती हमलाकारीहरुले शूक्रबार यमनको राजधानी सनामा दुई मस्जिदहरूमा शक्तिशाली विस्फोट गराइँदा कम्तिमा १ सय ४५ जनाको मृत्यु भएको छ । दिउँसो नमाज पढिरहेका समयमा गरिएको उक्त आत्मघाती विस्फोटनको इस्लामिक स्टेट(आईएसआईएस)ले लिएको छ ।

ISIS attack at yemen1सञ्चारमाध्यमको प्रतिवेदन अनुसार हमलाकारीले दक्षिणी सनाको बद्र मस्जिदमा पहिले विस्फोट गराएका थिए । यसपछि मच्चिएको भागदौडका क्रममा मस्जिद बाहिर दोस्रो आत्मघाती विस्फोट गराइएको थियो । उत्तरी सनाको अल-हशूश मस्जिदलाई निशाना बनाएरे तेस्रो आत्मघाती विस्फोट गरिएको थियो ।

ISIS attack at yemen2हेल्थ मिनिष्ट्री अपरेशन कमिटीका सदस्य नाशवान अल-अतबका अनुसार विस्फोटनमा १ सय ४२ जनाको मृत्यु भएको छ भने ३ सय ५१ भन्दा बढि घाइते भएका छन् ।

हाउथी मिलिशियाले चलाएको टेलिभिजनमा अल-मशीरामा स्थानीय अस्पतालहरुले मानिसहरुलाई रक्तदानका लागि आग्रह गरेका छन् । अल-मशीरा च्यानलले टेलिकास्ट फूटेजमा मस्जिदको बाहिर रगतले लतपतिएका शवहरू देखाइरहेको थियो । घटनास्थलमा उद्धारकर्मीहरुले घाइतेहरूलाई पिकअप ट्रकमा राखेर अस्पताल लगिरहेको टेलिभिजन देखिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इस्लामिक स्टेटको सना शाखाले एक अनलाइन स्टेटमेन्ट जारी गरेर भनेको छ, ‘काफिर हाउथी लडाकुहरुलाई थाहा हुनुपर्छ की इस्लामिक स्टेटले उनीहरूलाइ समाप्त गरेर नै आनन्दको स्वास फेर्नेछ । आईएसआईएस यमनमा इरानी इच्छालाई लाद्न दिनेछैन् ।’


  •  
  •  
  •