रसियन विमान आफूले खसालेको आईएसको दावी

174
  •  
  •  
  •  

russian-plane-crashकाठमाडौँ, १५ कात्तिक(ओएनएस) : इजिप्टको शर्म-अल-शेखबाट रूसको सेन्ट पिट्सवर्ग गइरहेको रसियन यात्रुबहाक विमान शनिबार दुर्घटना ग्रस्त हुँदा २ सय २४ जनाले ज्यान गुमाएका थिए । आतंकी संगठन आईएसआईएसले उक्त विमान आफूले खसालेको दावी गरेको छ ।

आईएसले एक भिडियो समेत जारी गरेको छ । उक्त भिडियोमार्फत रसियन विमान आफूले खसालेको पुष्टी गर्ने प्रयास गरेको छ । यता, इजिप्टका प्रधानमन्त्री शरीफ इस्माइलको कार्यालयले दुर्घटनाग्रस्त विमानको तस्विरहरू शनिबार राति सार्वजनिक गरेको छ । इजिप्टका प्रधानमन्त्री शरीफ इस्माइलले दुर्घटनास्थलको अवलोकन समेत गरेका छन् ।

russian-plane-crash 2आईएसआईएसले जारी गरेको भिडियोमा एक विमान जमिनमा खसिरहेको देखाईएको छ । तर, उक्त खसिरहेको विमान रसियन विमान हो या होइन भन्ने कुनै पुष्टी भएको छैन । भिडियो पनि धमिलो छ । विमानबाट धुँवा निस्किरहेको पनि देखिएको छ । आईएसले उक्त भिडियोमा विमानलाई कसरी खसालियो भन्नेबारे केही जानकारी दिएको छैन् ।

russian-plane-crash 1जानकारहरूका अनुसार काँधमा राखेर हानिने रकेट लञ्चरबाट विमान खसाल्न सम्भव नभएको बताएका छन् । विमान करिब ३१ हजार फिटको उचाईमा रहेकाले यस्तो सम्भव नभएको उनीहरूको भनाई छ ।

यता रूसले भने आईएसआईएसको यो दावीलाई सही मान्न नसकिने बताएको छ ।


  •  
  •  
  •